धनगढी, १२ चैत/ आफ्नो गाउमा कोरोना भाईरसको संक्रमणलाई भित्रन नदिन बाटो आबतजावत बन्द गरेका छन् । कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १४ फुलबारीका अधिकांस गाउँहरुका युवाहरुले सडाकमा मुडा तेर्साएर मानिसहरुको आवागमन कम होस् र कोरोना संकक्रणबाट गाँउ जोगियोस् भनी सडक अबरुद्ध गरेका छन् । उनिहरुले भारतबाट आएकाहरुको उचित चेकजाँच र परामर्श दियोस् भनिरहेका छन् ।
कैलाली लगाएत सुदूरपश्चिम प्रदेशका हरेक गाउँ शहर पनि लक डाउन नै छन् । तर कैलालीका केही ग्रमीण बस्तीहरुमा भने कोरोना भाईरसको सन्त्रास छुट्टै प्रकारको छ । कोरोना भाईरसकोबाट बाच्न र आफ्नै घरलाई सुरक्षित सम्झी यती खेर थुर्पै नेपालीहरु घरफर्की सकेका छन् । तीनै घरफर्कीएका नेपालीहरुका कतै कोरोनाको संक्रमण छ की भन्ने चिन्ता स्थानियहरुमा बढ्दै गए पछि स्थानिहरु आफ्नो गाँउ घरका सडकमा ठाउठाउमा मुढा तेर्साएर बाटो नै बन्द गर्न थालेका छन् ।
‘भारतबाट नेपाल आएका नेपलाीहरुको कतै कोरोना पो छ की ? उनीहरुलाई चेकजाच गरेमात्रै गाउँमा प्रबेह गराउने हो’ धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४का वडा अध्यक्ष रामबजारी थारुले भने–‘कोही नयाँ मान्छे आयोभने चेक जाच गरेर मात्रै प्रबेश गराउने हो ।’ कोरोनोका कारण स्थानियहरु त्रसित भएकोले उनीहरुको घरमा गएर आबश्यक परामर्श समेत दिन थालेको धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष रामबजारी थारुले बताए ।
स्थानिहरुले गाउँमा होहोरदोर गर्दा कोराना भईरसको संक्रमण हुन्छ की भन्ने गलत सोचाईका कारण सडक नै जाम गर्न थाले पछि भारतबाट घर फर्केहरु र स्थानियहरुलाई घरमा सुरक्षित बस्न भनी अन्य थप उचित परामर्श दिई रहेको शसस्त्र प्रहरीका इनिस्पेक्टर जयबहादुर महोतोले बताए ।
यती खेर भारतबाट घर फर्किएका थुर्पै नेपालीहरु आफ्नो घरमा छन् । तर कतै उनिहरु असुरक्षित पो छन् की भन्ने स्थानियहरुमा चिन्ता र चासो बढीरहेकोले हामी युवाहरु मिलेर बटो बन्द गरेको फुलबारीका स्थानिय युवा बिजय नेपालीले जानकारी दिए ।


