धनगढी, ११ चैत- कोरोना आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको रिर्पोट नेगिटिभ आएको छ ।
सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्ड विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशीले सांसद थापाको रिर्पोट नेगेटिभ आएको जानकारी दिए । नमूना संकलन गरी काठमाडौँ पठाईएकोमा सोमबमर मात्रै रिर्पोट आएको उनले बताए । रिर्पोट नेगेटिभ आएपछि अस्पताललाई थापालाई डिस्चार्ज गरेको छ । संसद थापाले मलाइ कोरोना हुदै नभई मिडियाले दुख दिएको बताएकी छन् ।
‘म मौसम परिवर्तन संगै हरेक बर्ष रुघाखोकीबाट पिडित हु’ संसद थापाले भनिन्–‘यसरी मलाई कोरोनो संक्रमणको अशंका भनर समाचार आउनु राम्रो होईन ।’
संसद थापाले आफ्नो फेसबुकमा प्रतिकृया दिदै केही मिडियाहरु कति सम्म हतार र गैर जिम्मेवार छन भन्ने कुरा हिजो वीरगन्जको व्यापारीमा संकरमण भन्ने निराधार हल्ला लाई ब्रेकिन समाचार बनाएको बाट पुष्टि भएको बताएकी छिन् ।
संसद थापाको फेसबुक प्रतिकृया जस्ताको त्यस्तै

