धनगढी,०५ चैत- कैलालीको धनगढी उप–महानगरपालका–६ जाली समूदायिक बनका अध्यक्षले जालीकाम गरेको आरोप लागेको छ । वनका अध्यक्ष खुशिराम चौधरी लगायतका केही वनका पदाधिकारीहरुले मनोमानी ढंगवाट जंगलबाट काठ बिक्री बितरण गरेको स्थानिय उपभोक्ता र उप समितिहरुले आरोप लगाएका हुन ।
समुहले अबैधानिक ढंगले काठ बिक्रि बितरण गरेको भन्दै असन्तुष्ट उपभोक्ताहरुले चैत ४ गते समुहको कार्यलयमा ताला बन्दी समेत गरेका थिए ।
वनका अध्यक्ष चौधरीले असन्तुष्ट पक्षहरुसंग छलफल गरी बिवाद सामाधान गर्ने अश्वान दिए पछि ताला बन्दी खोलीए पनि बिवाद कायम नै रहेको वनका लेखा समिति सदस्य अर्जुन महतोले जानकारी दिएका छन् ।
यस्तै वनका अध्यक्षले उपभोक्तलाई काठ बिक्रि बितरण गर्दा अनुगमन नगरेका, काठ दिएको २÷३ दिनपछि मात्र बिल दिने गरेको लेखा समिति सदस्य अर्जुन महतोको आरोप छ । वनका गतिबिधिहरु संचालन गर्दा बिधिबिधान अनुसार निर्णय गर्नुको साटो अध्यक्षले आफुखुसी काम गर्ने गरेको उपभोक्तहरुको आरोप छ ।
वनका अध्यक्ष चौधरीले भने आफुले नियम संगतढंगवाट काम गरेको जानकारी दिदै वनमा कुनै बिवाद नरहेको प्रतिक्रिया दिएका छन् ।