• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढीमा थाई परिकारका लागि लेमन ग्रास रेष्टुरेन्ट

धनगढी, चैत ०४- थाई खाना थाइल्याण्डको राष्ट्रिय खाना हो । यो विश्वभरमा प्रसिद्ध खाना मध्येमा पर्दछ । थाई शताब्दी पुराना पूर्वीया र पश्चिमी खानाको संयोजन गरेर बनाइएको नयाँ खाना हो । यस खानामा बास्नादार मसलाहरू, समुन्द्री माछा र वनस्पति तथा अन्य मासुजन्य परिकार रहने गर्दछन । थाई खाना तयार गर्दा बास्नादार तथा मसलादार तर हल्का किसिमले तयार गरिन्छ । तपाई पनि धनगढीमा थाई खानाका परिकार खान ईच्छुक हुनुहुन्छ भने धनगढी हसनपुरमा रहेको लेमन ग्रास रेष्टुरेन्टले तपाईको त्यो ईच्छालाई पुरा गर्नेछ ।

धनगढी हसनपुरको मुख्य चोकमा रहेको निसर्ग अस्पतालको अगाडी पट्टी केही दूरीमै अवस्थित छ, लेमन ग्रास रेष्टुरेन्ट । त्यहाँ नेपाली, थाई, चाइनिज, कम्टीनेन्टल परिकार पाईन्छ । तर, त्यहाँको विशेष भने थाई खाना र थाई परिकार हो । त्यहाँ पाइने थाई खानामा शुद्ध थाई मसलाको प्रयोग गरिन्छ । चिकन र मटन वाहेक थाई परिकारमा प्रयोग हुने सामाग्री र मरमसला थाईल्याण्डकै वैंककबाट ल्याउने गरिएको छ । काठमाण्डौंकमा रहेको एक डिर्पाटमेन्ट स्टोर मार्फत वैंकक बाट काठमाण्डौं हुँदै धनगढीसम्म ल्याईन्छ थाई परिकारकार सरसामान र मरमसलाहरु ।

थाई नुडल्स, सिई फुड, थाई सुप, थाई सलाद, चिकन सातेहरु, टेण्डर कोकोनट, बरमिज खाउस्वाई, तेरियाकी चिकेन, बर्न चिली गार्लिक फ्राइ राईस, पोर्क रिब्स आदिका थाई परिकारहरुको स्वाद लेमन ग्रास रेष्टुरेण्टमा लिन पाईन्छ । लेमन ग्रास रेष्टुरेण्ट दुई बर्ष अगाडी खोलिएको हो । भारत हुँदै दुवई र थाईल्याण्डमा थाई फुडको काम गरेपछि घर फर्किएर आफ्नै देशमा केही गर्ने सोचका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् भुपेश भण्डारीले । थाई फुडलाई संसारकै स्वस्थ खानाका कोटीमा राखिन्छ । ‘नुन हाल्नु पर्नेमा फिस सस, तेल हालेर पकाउने खानालाई पानी राखेर थाई खानामा विशेष स्वाद दिन सकिन्छ र खाना स्वादिलो बनाउन तेल, मसला, नुन, टेस्टिङ पाउडर नै प्रयोग गर्नुपर्छ भन्ने छैन ।’ सञ्चालक भण्डारी भन्छन्– ‘थाई फुडमा मसलाको सट्टा विभिन्न किसिमका जडीबुटी प्रयोग गरिने भएकाले खाना विशेष स्वादिला र शक्तिवद्र्धक हुन्छ ।’

धनगढीमा भण्डारीले थाई रेष्टुरेन्ट खोल्नुको कारण रहर नै हो । १० वर्षसम्म काठमाण्डौं, मुम्बई, दुवई र वैंककमा सिकेको सीपलाई आफ्नै ठाउँमा गरेर जम्ने सपना थियो भण्डारीको । तर अहिलेसम्म त्यो सपना भने उनको पुरा हुन सकेको छैन् । जेनतन रेष्टुरेन्टको खर्च धानिरहेका छन् उनी । १० बर्ष अघि घुम्ने रहरले मुम्बई पुगेका थिए भुपेश । त्यहाँ आधा महिना वसेपछि उनलाई उतै काम गर्ने ईच्छा जाग्यो र काम सुरु गरे कनेक्सन होटलमा वार टेण्डरको । ४ बर्षसम्म त्यहाँ काम गरेपछि उनी थाई कलेक्सनकै आधारमा दुवई हानिए । थाई कनेक्सनमा त्यहाँ पनि ३ बर्षसम्म काम गरे । त्यसपछि कामठाण्डौ आएका उनले काठमाण्डौं रोयल थाईमा ३ बर्ष काम गरे । त्यसैक्रममा उनीले थाईल्याण्ड जाने अवसर पाए ।

नौ महिनाको थाईल्याण्ड वसाईलाई उनले राम्रैसँग सदुपयोग गरे । पोख्त भएर फर्किए थाई परिकार बनाउन र खुवाउनका लागि । थाईल्याण्डबाट फर्किएर महेन्द्रनगरमा थाई रेष्टुरेन्ट सञ्चालन गरे । त्यहाँ डेढ बर्षसम्म जेनतेन गरेर रेष्टुरेन्ट चलाए पनि त्यसपछि उनी धनगढी आए । अहिले धनगढीमा महेन्द्रनगर जति गाहे त छैन् तर भनेर अनुसार चलेको पनि छैन भन्छन् भुपेश ।

मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.