काठमाडौँ । सरकारले शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ। उनीहरुलाई विमानस्थलबाट सीधै क्वारेन्टाइनमा पठाइने महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
अनअराइभल भिसा दिन नै बन्द गरिएकाले अब विदेशीहरु आउने संख्या नै न्युन हुने गरेको छ । त्यस्तै विदेशबाट आउने नेपालीलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको छ। नेपाली पनि अत्यावश्यक काम र स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारेखि नै सबै उडान प्रभावित हुनेछ।