• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मेयरकै कम्पनीद्वारा काममा ढिलाइ

अछाम — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत विनायक–ठाटीखाँद खण्डमा पर्ने ९ किलोमिटर सडक निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको लापरबाहीले काममा ढिलाइ भएको आयोजनाका एक कर्मचारीले बताए । ‘लापरबाही धेरै भयो । कर्मचारीलाई हौसला र उत्साह त कहाँ हो कहाँ निर्माण सामग्री पनि समयमा आएन,’ उनले भने ।

निर्माण कम्पनीका प्रमुख भीमबहादुर साउद डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख ९मेयर० भएपछि काममा सुस्तता र लापरबाही भएको स्वयं कम्पनीका कर्मचारी नै गुनासो गर्छन् । ति कर्मचारीका अनुसार कम्पनीले निर्माणको लागि मेसिन, उपकरण र सामग्रीको व्यवस्था गरेको छैन । दक्ष जनशक्ति नहुँदा समेत कामले गति लिन नसकेको हो । ‘यहाँ काम गर्ने कर्मचारीको बिमा पनि भएको थिएन । उच्च जोखिममा काम गर्न चुनौती थियो । साइटको भूगोल र मौसमले पनिसाथ दिएन । यसकारणले पनि ढिलो भएको हो,’ उनले थपे ।

२०७३ वैशाख १६ मा सम्झौता भई २०७६ बैशाखभित्र काम पूरा गर्न समयसीमा तोकिएको थियो । तर, तोकिएको समयसीमा छँदै असारसम्मका लागि म्याद थप गरिएकोछ । मध्य पहाडी लोकमार्गअन्तर्गत अछाममा चार खण्ड पर्छन् । अन्य तीन खण्डमा काम सम्पन्न भए पनि बीचको यस खण्डको काम भने अधुरै रहेको आयोजनाको पश्चिम खण्ड दाङका इन्जिनियर तुलाराम शर्माले बताए । ‘मंगलसैन–ठाटीखाँद, बेलखेत–कैलाश खोला र विनायक–बेलखेतको काम भने पुरा भइसक्यो,’ शर्माले भने, ‘विनायक–ठाटीखाँद खण्डको निर्माण कार्य सुस्त भएपछि समयमै काम सम्पन्न हुनुपर्छ भनेर हामीले पटक–पटक पत्र पठाएका छौं ।’

स्थानीय उमा तिमिल्सैनाले सरोकारवालाहरूले चासो नदिएसम्म यो सडकको काम सकिनेमा शंका गर्छिन् । ‘मंगलसैनदेखि सुर्खेत जोड्ने मुख्य सडकमा ठूलो पहिरो छ । त्यहाँ वर्षामा धेरै जोखिम हुन्छ । ठेकेदारले पहिले पहिरोको काम सक्नु पर्ने हो,’ उनले सुझाइन् । स्थानीय मनीराम तिमिल्सैनाका अनुसार एकैपटक धेरै कामदार आएर सडकमा काम गरेजस्तो मात्रै गर्ने गरेका छन् ।
दाङस्थित आयोजना कार्यालयका इन्जिनियर मजिस सिंहले रोकिएको कालोपत्र गर्ने काम चैत पहिलो साताबाट सुरु हुने बताए ।
फोन सम्पर्कमा आएका राजेन्द्र निर्माण सेवाका प्रमुख साउद भने निर्माणमा भएको ढिलाइबारे बोल्न चाहेनन् ।

उक्त सडक कालोपत्र भएपछि आर्थिक गतिविधि बढ्ने, तराईका जिल्ला पुग्न छोटो रुट हुनेमा जिल्लाबासी आशावादी छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छिमेकी जिल्ला दैलेखमा भने एक सय २६ किलोमिटरमध्ये ५१ किलोमिटर सडकमा काम भइरहेको छ । ७५ किलोमिटर सडक निर्माणका लागि टेण्डर प्रकृया अघि बढेको आयोजना कार्यालयले जनाएको छ ।

  • कान्तिपुर बाट

आइतबार, चैत ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.