धनगढी,१ चैत- स्वास्थ्य चौकी निर्माणको लागि ल्याईएका ईटा गुणस्तरहिन भएको भन्दै स्थानियको बिरोध बिरोध गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४मा निर्माणधिन स्वास्थ्य चौकी भवनमा निर्माण गर्न ल्याईएका ईटा गुणस्तरहिन भएको भन्दै स्थानियले बिरोध जनाए पछि फिर्ता हुने भएका हुन ।
भवन निमार्ण स्थलमा गुणस्तरहिन ईटा खसालेको देखेपछि यस्ता ईटा प्रयोग गर्नु हुदैन भन्दै फिर्ता गर्न लगाउनु पर्नेे स्थानिय बिष्णु अधिकारीले जानकारी दिए । भवन निमाण गर्न गुणस्तरहिन ईटा निर्माण कम्पनीले ल्याएको भन्ने स्थानियले खबर गरेपछि भवन निर्माण स्थलमा जादा ईटा गुणस्तरहिन नै पाईएकोले निर्माण कम्पनीलाई उक्त ईटा फिर्ता लैजान भनेका धनगढी उममहानगरपालिकाका प्राबिधिक नन्दराज रेग्मीले बताए ।
सो भबन निर्माणको जिम्मा पाएको एसई कन्ट्रक्सन प्रा.ली काठमाण्डौँका साईड ईज्चार्ज बिबेक जोशीले ईटा उद्योगलाइ अब्बल ईटाकोलागि पैसा बुझाएको भए पनि उद्योगमा काम गर्ने कामदारको गल्तीका कारण गुणस्तरहिन ईटा आएको स्वीकार गरे । उक्त ईटा आफुहरुले भबन निर्माणमा प्रयोग नगरी फिर्ता गर्ने बताए । ईटा न्यू गणेस ईटा उद्योग कंञ्चनपुरबाट आएका थिए ।
