धनगढी, १ चैत- सामाजिक अभियन्ता तथा विद्यार्थी नेता देवेन्द्र जोशीले आफ्नो जन्मदिनको अवसरमा बोलन्या थलीको सामाजिक अभियानलाई धनगढी उपमहानगरपालिकाका साथै आफुले पनि सहयोग गरेका छन् । बोलन्या थलीले सञ्चालन गरिरहेको पश्चिम सेती निर्माणको दबाबमूलक अभियानलाई जोशीका साथै ृपमहानगरपालिकाले आर्थिक सहयोग गरेका हुन् ।
विभिन्न सामाजिक अभियानहरूमा सक्रिय जोशीले धनगढीमा एक कार्यक्रमका बिच बोलन्या थली लाई १० हजार नगद सहयोग गरेका हुन् । सोही कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बोलन्या थली लाई उपमहानगरका तर्फबाट एक लाख सहयोग प्रदान गरिने घोषणा गरे ।
मेयर वडले धनगढीका समाजसेवी युवा देबेन्द्र जोशीको जन्मदिनको अवसरमा सो घोषणा सहित पत्रमा हस्ताक्षर गर्नु भएको हो । बोलन्या थलीले शुरु गरेको प्रधानमन्त्रीलाई दबाब पत्रमा उपमहानगरपालिकाले एक्यवद्धता जनाएको छ ।
बोलन्या थलीले अहिले पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमूलक कार्यक्रम स्वरूप सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पत्रमञ्जुसा राख्ने र ‘पश्चिम सेती कहिले बन्छ ? भनेर प्रश्न गरिएका पत्रहरू प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । बोलन्या थली धनगढी अभियानका संयोजक जोशीले पश्चिम सेती सपनाका एक लाख चिठीहरू पत्रमञ्जुसामा सङ्कलन गरी प्रधानमन्त्रीलाई दिने अभियानमा आफूहरू रहेको बताए ।
पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमूलक कार्यक्रम गर्दै आएको बोलन्या थलीले यस अघि काठमाण्डौंमा कचौरा आन्दोलन, कीर्तिपुरमा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको थियो ।बोलन्या थली धनगढीले पश्चिम सेती निर्माणका लागि दबाब दिन केहीसाता अघि सुदूरपश्चिमबाट प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्यको सुरुवात गरेको थियो । सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटै स्थानिय तहबाट पत्र संकलन कार्य भइरहेको संयोजक यादव जोशीले बताउनुभयो ।
त्यस्तै डोटीमा ७५० डोकासहित प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने थप दबाब समेतका कार्यक्रम रहेको जोशीले बताउनुभयो ।
यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल,नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा सँग संसदमा पश्चिम सेती बारे प्रस्ताव लगन छलफल गरे र सुदुरपश्चिम प्रदेशका चर्चित गाएकहरु उपस्थित सडक संगीत र संघर्ष कार्यक्रम गरिसकेको छ ।