धनगढी, २१ फागुन- होटल व्यवसायी संघ कैलालीको आयोजनामा धनगढीमा भएको सुदुरपश्चिम खाना महोत्सवमा बार टेन्डर्स कला मुख्य आकर्षणको केन्द्रविन्दुको रहेको आयोजकले जनाएको छ । फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा भएको खाना महोत्सवमा बार टेन्डर्स कलालाई सवैभन्दा वढी रुचाईएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक लागेको खाना महोत्सवमा पोखराको चर्चित बार टेन्डर्स कला देखाइएको थियो । स्कुल अफ बार टेन्डर्स पोखराका विभिन्न प्रस्तुतीलाई सवैभन्दा वढी मन पराईएको थियो । बार टेन्डर्स कला देखाउनका लागि अन्तराष्ट्रिय स्तरका प्रशिक्षक धनगढी आएको होटल व्यवसायी संघकासचिव आभेष चन्दले जानकारी दिनुभयो । बार टेन्डर्स कला देखाउन धनगढी आएका प्रशिक्षक गोविन्द थापा एसियास्तरको बार टेन्डर्स कार्यक्रममा रनरअप हुनु भएको थियो ।