कैलाली १७ फागुन
रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुलाई बंगुरका पाठापाठी बितरण गरेको छ । आईतबार एक कार्यक्रमका बिच विपन्न, गरिब र दलित समुदायका ४८ जना उपभोक्तालाई बंगुर वितरण गरेको हो ।
बिउपुजी स्वरुप वितरण गरेका पाठापाठीलाई ९ नौं महीनासम्म अनिवार्य पाल्नुपर्ने र विस्तारै व्यवसायीक रुपमा फर्म विकास गर्दै लैजानुपर्ने सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष लालसिहं विकले बताए । उनले वितरण गरेका पाठापाठीले उपभोक्ताको आर्थिक जिवनस्तरमा सुधार हुदै जाने बताए । यस्तै सामुदायीक वनले वन संरक्षरणको लागी थुप्रै कामहरु गर्दै आएको बताए ।
पाठापाठी वितरण कार्यक्रममा बर्दगोरीया वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले सामुदायीक वन दिएका पाठापाठीलाई पालेर आयआर्जनको स्रोत बनाउन स्थानियलाई आग्रह गरे । उनले गरिब विपन्न र दलीत वर्गलाई बंगुर वितरण गर्नु खुशीको कुरा भएको बताए ।
बंगुरका पाठापाठी पाएपछि स्थानिय खुशी भएका छन् । सामुदायीक वनले वितरण गरेका बंगुरका पाठापाठीलाई पालेर आफ्नो आयआर्जनको स्रोत बनाउने स्थानियको भनाई रहेको थियो ।
