महेन्द्रनगर ,१२ फागुन
सरकारी सवारीको दुरुपयोग गर्दै कन्चपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दको गाडी सोमबार भारतीय शहर बनबासा स्थिति चक्करपुरमा लागेको मेलामा भेटिएको छ । मेयर चन्दले चढ्ने १०१ नम्बरको गाडी भारतिय शहरमा भेटिएको हो । उक्त गाडीमा मेयर चन्द थिए वा अन्य कोहि थिए भन्ने खुलेको छैन । पछिल्लो समय स्थानीय तहहरुले सुबिधाको दुरुपयोग गर्दै सरकारी गाडी ब्यातिगत प्रयोजनका लागि प्रयोजन गर्दै आएका छन ।
