“महाशिवरात्री पर्व तथा नेपाली सेना दिवस(२०७६” को उपलक्ष्यमा श्री देवीदल गण मझगाउं व्यारेक, कञ्चनपुरद्धारा कञ्चनपुर जिल्ला, माहाकाली नगरपालिका वडा नं। ९ स्थित श्री अम्बिका उच्च माध्यमिक विद्यालय आम्भोजमा बुधबारमाहाकाली नदि पारीका दुर्गम क्षेत्रका वासिन्दालाइ लक्षित गरि एकदिने “स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम” को आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा २४३ जना पुरुष ३५४ जना महिला र ३९ जना बालबच्चा गरि जम्मा ६३६ जना विरामीको स्वास्थ्य परिक्षण गर्नुका साथै प्रकृति संरक्षणमा स्थानिय बासिन्दाको भूमिका,MRED र सैन्य भर्ना सम्बन्धि जानकारीमुलक सचेतना कक्षा तथा नेपाली सेनाको परिचय सम्बन्धि विभिन्न वृतचित्र प्रर्दशन गरिएको थियो ।

उक्त स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रमको उद्धघाटन सत्रमा महाकाली न.पा.का मेयर, उक्त नगरपालिका अन्तर्गतका वडा नं ,८,९ ,१० का अध्यक्षहरु, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख, अम्बिका उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लगायत स्थानिय वुद्धिजिवी र भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो ।

