सदुरपश्चिम प्रदेशमा ग्रामिण अल्ट्रासाउण्ड प्रभावकारी रुपमा कार्यान्वयन गर्न नर्सिङ कर्मचारी दिइने तालिम सम्पन्न भएको छ । सेति प्रादेशिक अस्पतालमा संचालन भएको पहिलो चरणको तालिम सम्पन्न भएको छ । तालिम समापन समारोहमा बोल्दै स्वास्थ सेवा बिभागका पुर्व महानिर्देशक डा. मिङमार शेर्पाले देशको दुर्गम जिल्ला हरुमा मातृ तथा शिशु मृत्युदरमा कमि ल्याउन यो कार्यक्रमको महत्वपुर्ण भुमिका रहेको , सबै दुर्गमका स्वास्थ संस्थाहरुमा गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताउनुभयो ।
ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी बनाउन तथा मातृ मृत्यु दर घटाउन गर्भाबस्था हुने जटीलताहरु पत्ता लगाई समयमा नै रिफर गर्ने र मानिसको ज्यान कसरी बाँच्छ भन्ने कुरालाई प्राथमिकता हुनु पर्नेमा सुदुरपश्चिम प्रदेशका स्वास्थ निर्देशक गुणराज अबस्थी ले जोड दिए ।
ग्रामिण अल्ट्रासाउण्ड सम्बन्धी नर्सिङ कर्मचारीहरुलाई तालिम भेरी अस्पताल , नेपालगंज मेडीकल कलेज , सेति प्रादेशिक अस्पतालमा संचालन भईरहेको छ ।

त्यस्तै तालिम समरोहमा बोल्दै पुर्व सामाजिक बिकास मन्त्री, प्रदेश सभा सदस्य दिर्घ सोराडी ले नेपालको स्वास्थ क्षेत्रमा सुदुरपश्चिम प्रदेश पहिलो भएको छ ,र राम्रो गुणस्तरीय सेवा प्रदान गर्न सबैले सकारात्मक सोचले अगाडी बढ्नु पर्ने ,सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
तालिममा फिलिप्स मेडीकल सिष्टम,स्वास्थ तालिम केन्द्र, स्वास्थ निर्देशनालय को सहयोग र ,सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी प्राविधिक सहयोगमा सञ्चालन भएको थियो ।
नर्सिङ कर्मचारी द्घारा प्रतिबद्घता 
सुदुरपश्चिम प्रदेश स्वास्थ निर्देशनालय को आयोजनामा संचालन भएको ग्रामिण अल्ट्रासाउण्ड तालिममा सहभागि नर्सिङ कर्मचारी ले तालिम पश्चात प्राप्त मेसिन र सिपको प्रयोग सरकारी संस्था हरुमा गर्भवति ,सुत्केरी महिलाको नियमित स्वास्थ परीक्षणको लागि मात्र प्रयोग गनेछौँ भनि प्रतिबद्घता गर्नुभएको छ ।
समापन कार्यक्रममा बोल्दै नर्सिङ कर्मचारी गंगा न्यौपाने ले यो कार्यक्रमलाई प्रभावकारी बनाउन हामिहरुको महत्वपुर्ण भुमिका रहेको र प्रदेशको दुर्गम भेगमा आफ्नो सिप र दक्षता लाई पुर्ण रुपमा सदुपयोग गर्ने बिश्वास व्यक्त गरीन् ।
