• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

धनगढी स् नेपाल आईस चौथो सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ९ गतेदेखि आयोजना हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो।

फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। हालसम्म ८० प्रतिशत तयारी सकिएको अध्यक्ष हमालले बताए। पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा सहभागी टीमहरुको बारेमा र खेल तालिकाको वारेमा समेत जानकारी दिईएको छ।

यसअघि नै सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा फागनु ९ गते बाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब ईन्डियाबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाईनल प्रवेशको लागि नेपाल आईस सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्ने छ। जुन खेल फागुन १३ मा हुनेछ। फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने छ।

विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ। फागुन ११ मा नव जनजागृती क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाईनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ। फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुन बीच प्रतिस्पर्धा हुनेछ।

जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्ने छ। पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ । फाइनल फागुन २० मा हुनेछ। चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशी सहित १२ टिम सहभागी हुनेछन्।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५र१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०र१० हजार पुरस्कार प्रदान गरिने छ।

यस वर्ष खेल अवलोकन गर्न आउने दर्शकका लागी टिकट दर क्रमशः १००, १५० र  ३०० गरी तीन प्रकारको तोकिएको छ। त्यस्तै खेल अवधीभर प्रत्येक दिन १ जना भाग्यशाली दर्शकलाई १३ हजार ५ सय पर्ने रियल मी स्मार्टफोन उपहार प्रदान गरिनेछ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी ९डिस० होमले गर्ने छ।

गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो। प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए।

यसपालीको गोल्डकपको नाम प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ। प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ। सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ।

सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.