उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायधीस शारङगा सुवेदीको गाडीमा सोमवार आगलागी भएको छ ।भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायधीस सुवेदीको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए ।
उनका अनुसार कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायधीस सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको हो । वाइरिङ्ग सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गाडीको भित्र भाग (सिटहरु) पुरै जलेर नष्ट भएका छन् ।अन्य कुनै क्षति भने भएको छैन् । भीमदत्त नगरपालिको दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
हेनुहोस् भिडीयो
