समैजि माबि माझगाउ र एभरेष्ट एकेडेमि अत्तरीयाको बिजयी सुरुवात
धनगढी, फागुन ०३
गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा अन्तरबिद्यालय प्रदेस स्तरीय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ । मदरल्याण्ड युथ क्लबको आयोजनामा सनिबारबाट सुरु भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेसका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले उद्घाटन गर्नुभयो ।
उद्घाटन खेलमा समैजि माबि मझगाउ बिजयि भएको छ । गुरुकुल एकेडेमि लम्किलाइ १ – ० गोल अन्तरले पराजित गर्दै समैजि माबि मझगाउले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । समैजिका लागि आशिस चौधरीले दोश्रो हाफको छैटौ मिनेटमा निर्णायक गोल गरेका हुन । सनिबारको दोश्रो खेलमा एभेरेष्ट एकेडेमि अत्तरीया बिजयी भएको छ । दुर्गालक्ष्मि नमुना माबि अत्तरीलाइ १ – ० गोल अन्तरले हराउदै एभेरेष्ट एकेडेमिले पनि प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।
एभेरेष्टका लागि आकास चौधरीले पहिलो हाफको १५ औ मिनेटमा निर्णायक गोल गरेका हुन । प्रतियोगिता अन्र्तगत आइतबार तिन खेल हुने छन । पहिलो खेलमा पहिलो खेलमा नाटा एकेडेमि लम्कि र समैजि माबि मझगाउको बि टिम भिड्ने छन भने दोश्रो खेलमा त्रिभुबन माबि धनगढी र युनाइटेड एकेडेमि टिकापुर भिड्नेछन । आइतबारको तेश्रो खेलमा एरिष्टो एकेडेमि धनगढी र जेके इङ्ग्लिस बोर्डिङ स्कुल अत्तरीयाका बिच प्रतिस्प्रधा हुने छ ।
फागुन १० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख पुरस्कार पाउने छ भने उपबिजेताले ५० हजार पुरस्कार पाउने छ । प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको छ । फुटबलको उर्बरभुमिका रुपमा परीचित जोनापुरमा पहिलो पटक प्रदेस स्तरीय अन्तरबिद्यालय छात्र फुटबल प्रतियोगिता हुन लागेको हो । आयोजक मदर ल्याण्ड युथ क्लबले यस अघि क्लब स्तरीय प्रतियोगिता गर्दै आइरहेकोमा यस बर्ष भने बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने गरी बिद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरेको हो ।

