बझाङ्ग ३ फागुन
बझाङ्गको बुङ्गल नगरपालिका–५ को बाईसधारा त्रिवेणी धाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । शुक्रबार नगर प्रमुख धन बहादुर बिष्टले महायज्ञको उद्घाटन गरेका हुन् ।
महायज्ञमा प्रमुख कथा वाचक किर्पाचार्य अवस्थि र धार्मीक प्रवचन बालयोज्ञी शुशिल शास्त्री रहेका छन् । महायज्ञमा प्रत्येक दिन बिहान ७ बजेदेखी १२ बजेसम्म पुजा कार्यक्रम, दिउँसो १ बजेदेखी ५ बजेसम्म कथा वाचन, साझ ५ बजेदेखी ६ बजेसम्म आरति प्रसाद र राति ८ बजेदेखी महात्मा कथा एवम भजन कृतन हुने आयोजक कमिटी संयोजक अक्कल धामीले जानकारी दिए ।
नगरपालिकाको आयोजनामा सञ्चालन भएको महायज्ञ धार्मीक तथा पर्यटकिय क्षेत्र बाईसधारा त्रिवेणी क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने आयोजकले जनाएको छ ।