स्वास्थ तथा जनसंख्या मन्त्रालय ,जनसंख्या व्यबस्थापन महाशाखाले आयोजना गरेको क्लिनिकल मेडीकोलिगल सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।सुदुरपश्चिम प्रदेशमा रहेका अस्पताल प्रमुख हरुलाई क्लिनिकल मेडीकोलिगल (कानुनी प्रक्रियाहरु)को बारेमा प्रशिक्षण दिईएको थियो ।प्रशिक्षकमा नेपाल मेडीकल काउन्सिल का सदस्य डा.हरीहर अवस्थी र डा.युजिन डोल्मा वालुङ थिए ।
तालिम समापन समारोहमा बोल्दै सामाजिक बिकास मन्त्रालय स्वास्थ महाशाखा प्रमुख नरेन्द्र कार्की ले सुदुरपश्चिम प्रदेश बनाएको जनस्वास्थ ऐनमा स्वास्थका कर्मचारी लाई सकारात्मक प्रोत्साहन गर्ने र स्थानिय समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर सबैले सोच्नु पर्ने बताउनुभयो ।