धनगढी, पुस १२- धनगढीमा हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह–प्रायोजकको रुपमा धनगढीको नवजीवन हस्पिटल रहने भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको सह–प्रायोजकको रुपमा नवजीवन हस्पिटलसँग सम्झौता गरिएको छ नवजीवन हस्पिटललाई व्रटुयु वाई भनेर अवार्डमा स्थान दिईनेछ ।
नवजीवन हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकाल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सल्लाहकार भरत शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सह–प्रायोजकको रुपमा नवजीवन हस्पिटललाई अवार्डमा जोडिने अवसर दिएकोमा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकाल आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अवार्डको सफलताको कामना गर्दै अवार्डलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजक शौभाग्यश्वर फार्मेसी रहेको छ । त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।
मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका छन । धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ ।