काठमाडौं ।
उपत्यकामा जाडोयामको सदावहार विशेषता हो –यो समयमा जति तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदुषण मापनको आँकडा बढाउँदै लग्छ ।
राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा बिगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएको सातवटा प्रदुषण मापन स्टेसनले हावाको गुणस्तरको सूचाकांक अर्थात् ‘एयर क्वालिटी इन्डेक्स (अक्वा) मापन गदै आएका छन् । गत एक साताको तथ्यांकले उपत्यकाको वायु प्रदुषणको स्तर ‘अस्वस्थकर’ रहेको देखिएको छ ।
प्रदुषण मापन गर्दा प्रतिघनमिटर वायुमा २।५ माइक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सूक्ष्म वायुका कणहरुलाई पिएम २।५रुपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर भन्दा कम व्यास भएका कणलाई पिएम १० को रुपमा नापिन्छ ।
