धनगढी, ३ मंसिर
पल्ला घरे लाउरेको छोरी क्याम्पसै पड्छे रे ….
मै पाखे मोरो गाउले को छोरो मै माथी मर्छे रे….
बोलको गित गायक तथा ¥यापर वादल थापाले बजारमा ल्याउन लागेका छन् । पछिल्लो समय बिभिन्न चर्चित गित बजारमा ल्याइसकेका वादलले यसपाली छुट्टै नौलो पनको गित स्रोता माँझ पस्कीन लागेको सुदूरपत्र अनलाइनलाइ बताए ।
नयाँ आउन लागेको पल्ला घरेको सुटिङ्ग र मिक्सीङ्गको काम सम्पुर्ण भैसकेको बताउदै थापाले गुणस्तरिय क्यामराको प्रयोगले म्याुजिक भिडियोलाई अझै उत्कृष्ट बनाएको दाबी गरे ।
सुरेश रानाको शब्द रहेको गितमा स्वर र संगित वादल आफैले दिएका छन् । रियल टाईम स्टुडियोमा रेकर्ड गरिएका गितको म्युजिक भिडियो ककनीमा छायाङ्कन गरिएको हो । अनिलकुमार मानन्धरले खिचेको म्युजिक भिडियोको निर्देशन सृजना बरालले गरेका हुन् ।


