काठमाण्डौ २६ कार्तिक- भ्रमण वर्ष २०२०को पूर्वसन्ध्यामा मंगलबारदेखि काठमाडौंमा वाणिज्यदूतहरुको सम्मेलन हुने भएको छ। अनरेरी कन्सुलर कर्प्स नेपाल (एचसिसी–एन) र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक)ले “एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन गर्ने भएको छ।
यो सम्मेलनलाई परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन वोर्डले सहयोग गरेको छ। यो सम्मेलनमा संसारका विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता हुनेछ। यो सम्मेलनको मुख्य (थिम) ‘‘साझा सम्वृद्धिको लागि ऐक्यवद्धता’’ रहेको छ। यो सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्। “एचसिसी–एनका डिन प्रदीपकुमार श्रेष्ठले सम्मेलनले भ्रमण वर्षका लागि सहयोग पुग्ने बताए। सम्मेलनका लागि फिकाक का अध्यक्ष डा. अकुट इकेन नेपाल आइसकेका छन्।
सम्मेलनको अन्तिम दिन ‘‘काठमाण्डौ घोषणा पत्र’’ जारी गर्नेछ । सम्मेलनमा साझा सम्वृद्धिको लागि ऐक्यवद्धता, लैगिक समानता, वातावरण परिवर्तन र हिमनदीहरु, सम्बन्ध र सम्वृद्धिका एजेन्डाहरुमा छलफल हुनेछ।