धनगढी, २४ कार्तिक- भारतमा भएको अलइन्डिया काली कुमाउ कपको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जितेको छ । प्रतियोगिता अन्तरगर्त आईतबार भएको फाईनलमा देहरादुन क्लवलाई ६–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ ले उपाधिमाथि कब्जा जमाएको हो । देहरादुन क्लव उपबिजेता चित्त बुझाउनु गरेको थियो ।
प्रतियोगितामा गत वर्ष दिल्ली स्पोर्ट्स क्लबसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम–११ यस वर्ष च्याम्पियन भएको हो । सुदूरपश्चिम ११ को जितमा विक्रम सिंहले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे । सिंहले खेलको ९ औँ, ११ औँ, १८ औँ, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेको सुदूरपश्चिम–११का अध्यक्ष सुरेश हमालले जानकारी दिए । सुदूरपश्चिम–११ले २०७६को पहिलो प्रतियोगितामा बिजय सुरुवात गरेको बताउदै आगामी सहभागि हुने प्रतियोगितामा पनि सफल हुने बताए ।
अलईन्डीया फुटवल एसोसिएसनका महासचिव कुशल दाशले बिजेतालाई पुरस्कार बितरण गरेका थिए । स्पोर्ट्स क्लब वेलफेयर सोसाइटी, चम्पावतले प्रतियोगिता आयोजना गरेको थियो । बिजेताले एक लाख भारु नगद रकम ट्रफि, मेडल र उपबिजेताले ५० हजार नागद ट्रफि, मेडल प्राप्त गरेका थिए ।
लगातार दुई बर्ष देखी उक्त प्रतियोगितामा सुदूरपश्चिम–११ सहभागिता जनाउदै आएको थियो । गत बर्ष सेमिफाईनलमा चित्त बुझाएको सुदूरपश्चिम–११ले यस बर्षको प्रतियोगितामा बिजेतको ताज कब्जा गरेको हो । यो प्रतियोगितामा भारतका बिभिन्न प्रदेशका टिमको सहभागि रहेका थिए ।