काठमाडौं- आइतबार सुन प्रतितोेलामा ६ सय घटेको छ। शनिबार प्रतितोला ७० हजार ८ सयमा कारोबार हुँदै आएको सुनको भाउ घटेर आइतबार ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य ७० हजार २ सय रुपैयाँ तोकेको छ। केही दिनदेखि सुनको मूल्य नयाँ रेकर्ड बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घट्दै गएको छ। विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ।