धनगढी, १ असोज
ढुवानी र अनलाइन प्रणाली असहजता भएपछि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा ढिलाइ भएको छ । सरकारले ढुवानी कर्तालाई अनिवार्य भ्याटमा दर्ता गराउन र साल्ट ट्रेडिङलाई अनलानईबाट मात्रै कारोबार गर्न निर्देशन दिएपछि सुपथ मूल्य पसल सञ्चालनमा ढिलाइ भएको हो ।
ढुवानीको समस्या समाधान भइसकेको भए पनि अनलाइनको अझै केही दिन लाग्ने देखिएकाले सुपथ मूल्य पसल सञ्चालनमा केही दिन अझै लाग्ने साल्ट ट्रेडिङले जनाएको छ ।
सरकारले ढुवानी कर्ताहरुलाई भ्याटमा दर्ता भएको हुनुपर्ने अनिवार्य व्यवस्था गरेपछि साल्ट ट्रेडिङले २ पटक निकालेको टेण्डर रद्द भएको छ । ढुवानीकर्ताले मूल्य बढाएर टेण्डर हालेका कारण पनि डेण्डर रद्द भएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रवन्धक केशब प्रशाद पाण्डेयले बताए ।
सरकारले अनलाइन प्रर्णाली अनिवार्य गरेका कारण समेत सुपथ मूल्य पसल सञ्चालनमा ढिलाई भएको उनको भनाई छ । गत बर्ष प्रदेशका ७ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको साल्ट ट्रेडिङले यो बर्ष भने हालसम्म धनगढी कार्यालयबाट मत्रै पसल सञ्चालन गरेको छ ।
उक्त कार्यालयबाट हालसम्म ८ सय ७९ किलो नुन र ८ सय ९२ किलो चिनि बिक्रि भइसकेको पाण्डेयले बताए । नुन बजार मूल्य २५ रुपैयाँमा विक्री हुँदै आएकोमा सुपथ मूल्य पसलमा बजारको मूल्यमा सात र साल्ट ट्रेडिङको मूल्यमा दुई रुपैया घटाएर १८ रुपैयाँमा विक्री गरिरहेको छ भने चिनिमा पाँच रुपैयाँ घटाएर ७२ रुपयाँ किलोमा विक्री गरिरहेको छ ।
साल्ट टे«डिङ्ग सँगको सहकार्यमा सुपथ मूल्य पसलबाट चालम विक्रि वितरण गर्ने खाद्य ब्यावस्थापन तथा ब्यापार कम्पनिले भने हालसम्म प्रदेशका तीन ठाँउमा सुपथ मूल्य पसल राखेको छ ।
कम्पनिले धनगढी, मोहनपुर र डडेल्धुरामा सुपथ मूल्य पसल राखेको जानकारी दिएको छ । सो पसलहरुबाट जिरा मन्सुली र सोना मन्सुली चामल बिक्रि भइरहेको खाद्य ब्यावस्थापन तथा ब्यापार कम्पनि धनगढीका प्रमुख प्रेम नारायण भण्डारीले बताए ।
प्रति किलो चामलमा ५ रुपयाँ छुट दिएर बिक्रि भइरहेको उनले बताए । दशैं तिहारमा सञ्चालनमा आउने सुपथ मूल्य पसलबाट दैनिक लाखौंको कारोबार हुने गर्दछ ।
खाद्यान्न लगायत चिनी र नूनमा सहुलियत हुने भएपछि यसक्षेत्र हजारौं सेवाग्राही लाभान्वित हुन्छन् । तर यस बर्ष सुपथ मूल्य पसलहरु सञ्चनलनमा भएको ढिलाईले उपभोक्ताह मारमा छन् ।