लम्की चुहा नगरपालिका र गौरीगंगा नगरपालिकामा भने अध्यक्ष चयन गर्न सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी सुदूर पश्चिम प्रदेश कमिटिले नौ वटा जिल्लाका ८८ वटै तहमा नेकपा प्रदेशको कमिटि टुंगो लगाएको बताएपनि अझै कतिपय स्थानीय तहमा सिनियर जुनियर बिबादका कारण नेतृत्व टुंगो लाग्न सकेको छैन ।
धनगढी उपमहानगर पालिकाको ईञ्चार्जमा सुशिला बुढाथोकी चयन भएकी छन् । सचिवमा तिलक सिंहले जिम्मेवारी पाएका छन् । बुढाथोकी पूर्व एमालेकी सदस्य हुन् । सिंह माओवादी कार्यकर्ता थिए ।
त्यस्तै तत्कालिन नेकपा माओवादीको भागमा परेको गोदावरी नगरपालिकाको अध्यक्षमा गोकर्ण भट्ट चयन भएका छन् । सचिवमा आनन्द भट्ट चयन भएका छन् ।टीकापुर नगरपालिकामा अध्यक्षमा खडक शाह र सचिवमा खडक साउँदले जिम्मेवारी पाएका छन् ।
भजनी नगरपालिकामा अध्यक्ष छोटेलाल चौधरी भए । सचिवको जिम्मेवारी प्रदीप मल्लले पाए ।चुरे गाउँपालिकामा दानसिंह महरा अध्यक्ष चयन भएका छन् । सचिवमा कृष्ण सिंह साँउदले जिम्मेवारी पाएका छन् ।
मोहन्याल गाउँपालिकामा अध्यक्षमा देवीदत्त उपाध्याय र सचिवमा भूमि प्रसाद जैसी चयन भएका छन् ।
जोशीपुर गाउँपालिकामा अध्यक्षमा ओमराज बिनाडी र सचिवमा मान बहादुर चौधरीले जिम्मेवारी पाएका छन् ।घोडोघाडी नगरपालिकामा अध्यक्षमा बाँधुराम चौधरी र सचिवमा खगेन्द्र हमाल नियुक्त भएका छन् । बर्दगोरियामा राम बहादुर साँउदले अध्यक्ष पदको जिम्मेवारी पाए भने सचिवमा टंक ओली चयन भए ।
कैलारी गाउँपालिकामा अध्यक्षमा बतासु चौधरी र सचिवमा झुमादेवी चौधरी चयन भईन ।
जानकी गाउँपालिकामा बप्पन रावत अध्यक्ष भएका छन् । कृष्ण सोडारी सचिव भएका छन् । नेकपाले लम्की चुहा नगरपालिका र गौरीगंगा नगरपालिकामा भने अध्यक्ष चयन गर्न सकेको छैन ।
लम्की चुहा नगरपालिकामा लाल बहादुर कुमाल सचिव भएका छन् । गौरीगंगाको अध्यक्ष पूर्व एमालेको भागमा परेको छ । एमालेका बिष्णु आचार्य अध्यक्ष नियुक्त भएपनि सचिवको अझै टुंगो लागेको छैन । सिनियर र जुनियरको बिबादका कारण गौरीगंगा नपामा नेतृत्व चयन प्रकृयाले पूर्णता पाउन नसकेको हो ।
लम्की चुहा नगरपालिकामा महेन्द्र ढुंगाना र विशेश्वर जोशी मध्ये कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा सहमती जुटेको छैन । दुई जनामा को सिनियर भन्ने बिबाद छ ।
गौरीगंगा नगरपालिकामा सिनियर जुनियर बिबादका कारण बिष्णु आचार्य र टंक भण्डारीमध्ये कसलाई अध्यक्ष बनाउने भन्ने टुंगो लाग्न सकेको छैन । सचिवमा शान्ति सिंहलाई चयन गरिएको छ ।
कैलालीका १३ वटा स्थानीय तह मध्ये ७ तहमा पूर्व नेकपा र ६ तहमा पूर्व माओवादीले अध्यक्ष पद पाएको छ ।
पश्चिम टुडे बाट