• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मोहनापुल–अत्तरिया सडकमा शाखा सडक जोड्ने निकासद्धारको अन्यौलता

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडकमा शाखा सडक जोड्ने निकासद्धाराका विषयमा अन्यौलता कायमै रहेको छ। सडक निर्माण सुरु भएको दुई वर्ष पूरा हुँदा समेत निकासद्धाराका विषयमा रहेको अन्यौलता नहटेको हो।

शाखा सडकलाई जोड्न दिईने निकासद्धाराको स्थानका विषयमा टुंगो लगाउन योजना कार्यालय असफल भएको हो। यस्तै पैदल यात्रुहरुलाई आवातजावत गर्न आवश्यक पर्ने फुटपाथको विषयले अन्तीम रुपम पाउन सकेको छैन्।

मोहनापुल देखि अत्तरिया सम्म १४ दशमलव २ किलोमिटर ६ लेन सडक निर्माणका लागि तोकिएको दुई वर्षको म्याद गत जेठमै सकिएर थप्ने प्रक्रियामा रहेका बेला निकासद्धारको विषयले भने अन्तीम रुप पाउन नसकेको हो।

६ लेन सडकको पहिलो खण्ड अन्तरगत मोहनापुलदेखि बोराडाँडी सम्म बजार क्षेत्र पर्ने भएकाले विभिन्न ठाउँमा शाखा सडक, अस्पताल, बैँक छन्। कुन ठाउँमा निकास हुने हो भन्ने विषयमा समेत अहिले सम्म टुङगो लागेको छैन्।

बजार क्षेत्रमा मुख्य हाईवेको जस्तो सडक विस्तार नगर्न व्यापारीहरु यसअघि आग्रह समेत गर्दै आएका थिए। तर अहिले सम्म मुख्य सडक प्रवेश, यात्रुका लागि जेब्रा क्रसिङ, वरपरका स्थानीयका लागि शाखा सडक, नाली माथिका सल्याप लगायतका विषयमा योजना कार्यालय आफै अन्यौलमा परेको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडक योजना प्रमुख होमबहादुर एसीले सरोकारवालासंग समन्वय गर्ने बताए। धनगढी र अत्तरिया व्यापारिक क्षेत्र हुन्। उनले भने, ‘व्यापारी, प्रसाशन, ट्राफिक प्रहरी लगाएतसंग छलफलका आधारमा शाखा सडकको समाधान गर्ने छौ।’

व्यापारिक क्षेत्र धनगढीमा प्रत्येक वर्ष करोडौँ लागतमा व्यवसाय थपिदैँ आएका छन्।  व्यापारिक क्षेत्र भएकाले सर्वसाधरणलाई ओहोर–दोहोरमा सहज हुनुपर्ने माग व्यापारीहरुको छ।

शहर क्षेत्र भएकाले  सडक शहर सुहाउँदो हुनुपर्ने व्यपारीहरुको माग रहिआएको छ। मोहनापुल अत्तरीया ६ लेन सडकको चौडाई ५० मिटरको छ। अहिले ३८ मिटरको सडक र बाँकी सडक सर्भिस लेनको लागि निर्माण भइरहेको योजना कार्यालयले जनाएको छ।

सडकको मध्य भागमा तीन मिटरको मिडियन, दुवैतर्फ सवारी साधन गुड्नका लागि जम्मा ३४ दशमलव चार मिटर सडक कालोपत्रे, कालोपत्रे पछि छेउमा रेलीङ लगाउने योजना रहेको छ।

नालीको भाग सहित दुवै तर्फ ३÷३ मिटरको फुटपाथ हुने छ। बाँकी रहेको फुटपाथ पछिको झण्डै १२ मिटरमा पनि अहिले ग्रावेल गर्ने योजना थपिएको मोहनापुल–अत्तरिया ६ लेन सडक योजना प्रमुख एसीले बताए। साभारः दिनेश खबर

बुधबार, भदौ २५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.