धनगढी, २४ भाद्र- धनगढीमा कार्तिक ६ गते ग्राण्ड फिनाले हुने मिस फारवेष्ट दोस्रो सिजनका नेपाल आईसले प्रमुख प्रयोजक बनेको छ । नेपालको सबै भन्दा ठुलो उद्योग चौधरी ग्रुपको नेपाल आईसले प्रमुख प्रयोजन गरेको बरिष्ठ महाप्रबन्धक सुदिप पुडासैनीले जानकारी दिए । रोयल कोलाबोरेटिभ प्रालिले आयोजना गर्ने मिस फारवेष्ट दोस्रो सिजनका लागि उक्त कार्यक्रमको लागि प्रायोजक बनेको हो ।
मिस फारवेष्ट दोस्रो सिजनका लागि यस अघिनै आवेदन खुल्ला गरिसको छ यो प्रतियोगिता गत वर्ष देखि धनगढीमा हुन लागेको हो । गत वर्ष मनिका गुरुङ मिस फारवेष्ट भएकी हुन् । सुदूरपश्चिमको युवतीहरूको प्रतिभाहरू प्रस्फुटन गर्ने उद्देश्यका साथ हुन लागेको आयोजक संस्था रोयल कोलाबोरेटिभका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगिताले युवतीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने तथा क्षमता अभिवृद्धि र व्यक्तित्व विकास गर्ने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा प्रतियोगीहरू अडिसनको माध्यम बाट छनोट हुने छन् । अडिसन धनगढी, टिकापुर र महेन्द्रनगर हुने छ । प्रतियोगितामा प्रथम हुनेले स्कुटर पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार पुरस्कार पाउने कार्यक्रमका मिडिया संयोजक देवेन्द्र जोशीले जानकारी दिए । साथै विभिन्न विधामा उत्कृष्ट हुने दश जनालाई उपाधि सँगै गिफ्टह्याम्पर पनि प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाली नागरिक, कक्षा १० पास गरेको र १६ देखि २५ वर्ष उमेरको हुनुपर्ने छ । आयोजकले प्रति फारम ५ सय रुपैयाँ लाग्ने जानकारी दिएको छ ।आवेदन फारामका लागि पा“च सय रुपैया र तालिमका लागि १० हजार शूल्क तोकिएको जनाइएको छ ।
असोज ५ गतेदेखि प्रतियोगिताको अडिसन शुरु हुने आयोजक कमिटि सदस्य देवन्द्र जोशीले बताए । अडिसन पश्चात उनीहरुको एक महिनासम्म क्षमता अभिवृद्धि गरिने छ । प्रतियोगिताको फाइनल धनगढीमा कार्तिक छ गते हुने जनाइएको छ । प्रतियोगितामा दुई सय ५० भन्दा बढी युवतीले सहभागिता जनाउने आयोजकले अपेक्षा लिएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले कार्तिक ६ गते धनगढीमा हुने छ ।
