धनगढी, २४ भाद्र– टिकापुर उधोग बाणिज्य संघको असोज ४ गते हुन गइरहेको चुनावको लागि रामबहादुर भण्डारी रामुको नेतृत्वमा चुनावी प्यानलको घोषणा भएको छ ।
कुशल रहेको जुझारु सशक्त सफल व्यापारीको सहितको प्यानल लिएर टीकापुर उद्योग बाणिज्य संघको अध्यक्ष रामबहादुर भण्डारीको नेतृवमा प्यानल घोषणा हुन् ।
भण्डारीको नेतृत्वमा उपाध्यक्ष चक्रपाणी सापकोटा, उपाध्यक्ष जगतराम चौधरी, महासचिव तपेन्द्र स्वार, कोषाध्यक्ष कमल चौधरी र सचिव गणेश रेग्मी रहेका छन् । सदस्यहरुमा नवराज रिमाल, टेकबहादुर सोडारी, सदस्य तपेन्द्र कुँवर, सदस्य सन्तोष खड्का, वीरेन्द्र कुँवर, शीला सापकोटा, दुर्गा शाहु, मानबहादुर ठकुल्ला, सदस्य रामबहादुर साउद, हिक्मत रावल र प्रेमलाल चौधरी परेका छन् ।