पुनर्वास ( कञ्चनपुर) २३ भदौ
कञ्चनपुरको पुर्नवास नगरपालिकाका अधिकांश बस्तीहरु सीमाहरू भारतसँग जोडिएका छन् । त्यसको दछिण पूर्वी किनारमा छ वडा नम्बर ९ । त्यसैवडाको पुछारको गाउँ हो सीता बस्ती । जो उठेको बस्ती पुनर्जीवन पाउदै छ ।
वडा अध्यक्ष नारायण प्रसाद जैसीका अनुसार त्यहाँ १४ सय घरधुरीमा ८ हजार ८ सय ४५ जनसङ्ख्या छ । ९ नम्बर वडाको सीता बस्तीमा भने झन्डै ६ सय घरधुरी छन् । २०२८ सालमा संञ्चालन गरेको पुनर्वास कार्यक्रमले यहाँ देशका बिभिन्न स्थानबाट भूमीहिनहरुलाई ल्याएर जग्गा जमिन उपलब्ध गराउदै बस्ती बसालेको थियो । तर त्यही बस्तीपनि २०५२ साल यताबाट दोधानदीको कटानमा प¥यो । खेत बगरमा परिणत भयो । बस्ती उठेर जंगल जंगलको छेउमा पुग्यो ।
खेतबारी त कहाँ बस्ती बसेको ठाउँ सम्म बताउन नसकेका सिता बस्तीका बासिन्दाका लागि उखु खेती नदीको कटान रोक्ने काईदा बन्यो । बिगत पाँच बर्ष देखि बगर बनेको खेतमा ब्यावसायीक रुपमा उखु लगाउन थालेपछि दोधा नदीको कटान रोकियो । नदी धार परिवर्तन गर्दै भारतीय सिमातिर बग्न थाल्यो । बसाई सारेर जंगल छेउमा पुगेको बस्ती बिस्तारै पुरानो ठाउँमा फर्किन थाल्यो । केशरी उखु उत्पादन तथा तरकारी उत्पादन समूहका अध्यक्ष अमर बहादुर सुनारले कटानका कारण बिस्थापीत भएका एकदर्जन भन्दा बढी घरपरिवार पुरानै ठाउँमा फर्किसकेको बताए । उनले भने, अरु घरपरिवार पनि पुरानै ठाउँमा फर्किने क्रममा छन् ।
सिताबस्तीका रामबहादुर खड्काले उखु खेती लगाउन थालेपछि बगर बनेको खेतमा माटो समेत बन्न थालेको बताए । उनले भने, समुह बनाएर उखुखेती सुरु गरेका छौ त्यसले आम्दानी समेत रामै हुने गरेको छ । सिता बस्तीमा बासिन्दाले उखु खेती बाहेक अन्य खेती गर्दैनन् । एक बिगाहा जमिनमा खर्च कटाएर ३ लाख सम्म बचाउन सकिने पनि खड्काले बताए । यहाँका किसानको उखु स्थानीय भागेश्वर सुगर मिलले खरिद गर्दछ । सीता बस्तीको २ सय ५० बिघा बढी क्षेत्र मध्य आधा बढी क्षेत्र उखु खेतीलेनै ढाकेको छ । विभिन्न दातृ निकायको अनुदान र आफ्नै परिश्रमले पनि अहिले त्यहाँका बासिन्दाले राम्रो फसल लिन सकेका छन् । नेपाल रेडक्रस सोसाईटी र मर्सिकोरको साझेदारीमा संचालित आर्थिक विकास मार्फत विपद् व्यवस्थापन परियोजना (एमरेड) रेडक्रस सोसाइटीको सहकार्यमा सीता बस्तीलाई बचाउनका लागि बगरखेती गर्ने अभियान सुरु गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले किसानहरूको बगरमा परिणत जमिनलाई उखु मार्फत पुर्न स्थापन गराउन आफूहरू लागि परेको बताए । उनले यही अवस्थामा सुधार आए पुरै बगरलाई खेतमा परिणत गर्न सकिने बताए । उक्त परियोजनाले किसानहरुको उखुको बिमा समेत गरिदिएको सभापती जोशीले बताए ।
उखुखेतीले जिवन पाएको बस्ती
उखुखेतीले जिवन पाएको बस्ती