• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सञ्जय राणाद्धारा अपराध स्वीकार, प्रहरीले उनीमाथि पोलीग्राफ परीक्षण गर्ने

धनगढी, २३ भदौ ।
चार थान पेस्तोल, दर्जनौ तमसुक, चेक र नक्कली छाप सहित पक्राउ परेका सञ्जय राणाले आफ्नो अपराध स्वीकार गरेका छन् । यद्दपि उनले अहिलेसम्म उनी संलग्न भएका अपराधहरु, आफ्नो समूह र अपराधीहरुसंगको कनेक्सनका बारेमा बताउन भने मानेका छैनन । प्रहरीलाई बयान दिने क्रममा उनले आफूलाई कारबाही गर्न आग्रह गर्दै आफूबाट अपराध भएको स्वीकार गरेको प्रहरी स्रोतले बतायो ।यद्दपि उनले आफ्नो बारेमा कुनै पनि सूचना र जानकारी दिन भने मानेका छन्, एक प्रहरी अधिकृतले भने, कानून विपरित क्रियाकलाप गरेको स्वीकार गरेपनि त्यससंग सम्बन्धित कुनै पनि जानकारी दिन मानेका छैनन । प्रहरीले राणालाई अत्यन्त चाम्रो भएको बताए ।

तीनदिनसम्म उनीसंग जानकारी लिनका लागि प्रहरीले धेरै उपाय अपनाईसकेको छ, तर उनी यति चाम्रो छन् कि कुनै पनि जानकारी दिन मानिरहेका छन् ।
उनले सही कुरा नखोलेका कारण प्रहरी उनको पोलीग्राफ टेष्ट गर्ने तयारीमा जुटेको छ ।
उनी कुनै बेला खुलेर कुरा गर्छन । र निस्फिक्री देखिन्छन् । उनलाई कुनै तनाव नभएको जस्तो देखिन्छ । तर कुनै बेला अत्यन्त निराश र हताश देखिन्छन, प्रहरी स्रोतले भन्यो, उनी अरुलाई ठग्ने मामिलामा नटवरवाल नै देखिन्छन ।
प्रहरीसंग बयानको क्रममा उनले आफूले गलत काम गरिरहेको थाह भएपनि यति चाडो पक्राउ गर्ने कुरामा भने विश्वास गरेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले उनीबाट सत्य कुरा ओकेल्न पोलीग्राफको प्रयोग गर्ने तयारीमा जुटेको बताए ।
उनले राष्ट्र बैंकको एउटै चेकले धेरैलाई प्रलोभनमा पारेर ठगेको प्रहरी उपरीक्षक गिरीले बताए ।
पोलीग्राफको प्रयोगले कुनै व्यक्तिले झुट वा सही के बोलिरहेको छ पत्ता लाग्ने विश्वास गरिन्छ । नाडी र मुटुको धडकनबाट सही र झुट बोलेको पत्ता लगाउन पोलिग्राफको प्रयोग गरिन्छ ।
नेपाल राष्ट्र बैंकको एक सय छ करोड रुपैयाको चेक देखाएर उनले धेरै व्यक्तिलाई झुक्याएर ठगेको स्वीकार गरेका छन् ।
आफूलाई राष्ट्र बैंकको चेक देखाएर राणाले ठगेको भन्दै केही व्यक्तिले प्रहरीलाई मौखिक उजुरी पनि दिएका छन् ।
आफूसंग भएको राष्ट्र बैंकको एक सय छ करोडको चेक केही दिनमा साटिने र त्यसका लागि प्रकृया पुरा हुन एक हप्ता लाग्ने भन्दै उनले झुक्याईएको पाईएको छ । उनले त्यही चेक देखाएर एक जना व्यक्तिलाई काठमाण्डौंमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र केही व्यक्तिलाई राष्ट्र बैंकको धनगढी स्थित कार्यालय समेत लगेका थिए । आफूसंगै लगेका ती व्यक्तिलाई राष्ट्र बैंक बाहिर राखेर भित्र पसेका राणा आधा घण्टापछि फर्केर चेकको कानुनी प्रकृया सबै पुरा भईसकेको र एक साताभित्र रकम पाउने बताएर ती व्यक्तिलाई प्रलोभनमा पार्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कतिसम्म भने थुप्रै व्यक्तिलाई झुक्याउनका लागि राणाले आफ्नो मोवाईलबाट आफ्ना वकिललाई फोन गरेर सोधेको नाटक गर्ने गरेको पाईएको छ । उनले यताबाट चेकको कानुनी प्रकृया पुरा हुन कति दिन लाग्छ भनेर सोधे । उताबाट जवाफ आउने गरेको थियो, सबै प्रकृया पुरा भईसकेकोले एक साताभित्र चेकको रकम प्राप्त हुन्छ ।


यो संवाद आफूसंग भएका व्यक्तिलाई सुनाउने गरेका थिए ।
यसरी उनले धेरै व्यक्तिलाई त्यो संवाद सुनाएर प्रलोभनमा पारेको देखिन्छ, प्रहरी उपरीक्षक गिरीले भने, उनले व्यक्ति अनुसार गफ दिने गरेको पाईएको छ ।
कतिपय व्यक्तिलाई राणाले भारतको राजस्थानमा आफ्नो छ सय बिगाहा जग्गा भएको बताएको पाईएको छ ।
उनले सय करोड र सय बिगाहा जमिनभन्दा कमका गफ गर्ने गरेका थिएनन, यो कुरा बयानका क्रममा स्वयम राणाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नै उनले दिने गफ र गफ गर्ने तरिका देखेर चकित परेको छ । प्रहरीका अनुसार उनी जो सुकैलाई आफ्नो गफको प्रभावमा पार्ने माहिर देखिन्छन ।
उनी जुन सुकै व्यक्तिलाई आफ्नो कुराको प्रभावमा पार्न सक्ने देखिएको छ । प्रहरीले उनका धेरै पाटाहरु पत्ता लागीनसकेकोले उनका गतिबिधि र उनी रहस्यमयी भएको बताएको छ ।
स्रोतका अनुसार उनी आफूसंग संगत गरेकाहरुका लागि पनि रहस्यमयी थिए । धनगढीका सबै क्षेत्रका व्यक्तिसंग उनको हिडडुल थियो । प्रहरी, राजनैतिक दल, पत्रकार, विद्यार्थी संगठनका नेता, जग्गा दलाल, व्यापारीसंग उनको निकट सम्बन्ध र उठबस थियो ।
उनले सबै राजनैतिक दलको नेतासंग राम्रो सम्बन्ध रहेको प्रहरीसंगको बयानका क्रममा खोलेका छन् । यद्दपि कुन नेताले आफूलाई संरक्षण दिएको छन्, भन्ने कुरा भने खोलेका छैनन ।
उनले आफूले सबै राजनैतिक दललाई आर्थिक सहयोग गरेको समेत दावी गरेका छन् ।
आफू मदिरा नखाने भएपनि उनले प्रहरी, राजनैतिक दल, पत्रकार, विद्यार्थी संगठनका नेता, जग्गा दलाल, व्यापारीलाई मदिरा खुवाउने गरेको पाईएको छ ।
राजसी ठाट, आलिशान बंगला र महंगो सपिङ गर्ने उनको सौखका कारण जो सुकै व्यक्ति उनको प्रभावमा पर्ने गरेका थिए ।
मान्छे अनुसार गफ दिने उनको बानी थियो । बयान लिने क्रममा उनको कुरा सुनेर चकित भएको प्रहरीले उनलाई नटवरलालको संज्ञा दिएको छ ।
उनले अधिकांशलाई भने आफू जग्गाको ठूलो कारोवारी भएको बताउने गरेको पाईएको छ । स्रोतका अनुसार उनीसंगै हिड्नेलाई पनि उनले के काम गर्छन भन्ने थाह हुन्थेन ।

स्रोत भन्छ, पछिल्लो पटक उनीसंग खानपिन गर्न पाईने प्रलोभनमा युवाहरु उनीसंग संगत गर्न रुचाउथे ।
पछिल्लो समय पत्रकारहरुसंग समेत राम्रो सम्बन्ध बनाएका राणा अनलाईन चलाउने तयारीमा थिए । उनले अनलाईनका लागि लगानी समेत गरिसकेको बुझिएको छ ।
उनको कनक्सेन र सम्बन्ध भएका व्यक्तिहरुको फेहरिस्तले उनी जुन सुकै पेशा, बर्ग र क्षेत्रका व्यक्तिहरुसंग राम्रो सम्बन्ध बनाउन माहिर देखिन्छन ।
उनीसंग संगत गरेका कतिपय व्यक्तिहरु भने उनी हातहतियार सहित पक्राउ परेपछि आफ्नो सम्बन्ध उनीसंग भएको स्वीकार गर्न डराउछन् ।
तर कतिपय व्यक्ति भने राणालाई यस्तो अपराधमा संलग्न भएको होला भन्ने सोच्न नसकेको बताउछन ।
प्रहरीले यसअघि पनि उनीसंग सोधपुछ गरेको समेत खुलेको छ । यद्दपि प्रमाणका आधारमा उनीमाथि कुनै मुद्दा चलाउन भने सकेन ।
पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली लामो समयको अनुसन्धानपछि उनलाई सप्रमाण समात्न सफल भएको हो ।
प्रहरीले उनीसंग बरामद गरेका ट्राफिक प्रहरीका सिट,बेल्ट, नेमप्लेट र ड्रेसका आधारमा नविल बैंकको पैसा लुट्न पनि राणाको संलग्नता रहेको आशंका गरेको छ । त्यसमा पनि अनुसन्धान थालेको छ ।
२०७० साल पुस महिनामा महेन्द्रनगरबाट नविल बैंकको २ करोड ३० लाखख ६० हजार रुपैया नेपाल राष्ट्र बैंकमा जम्मा गर्न ल्याउने क्रममा कैलालीको मालाखेतीमा लुटिएको थियो । लुटपाटमा संलग्न व्यक्तिले ट्राफिक प्रहरीको पोशाक लगाएका थिए । ६ वर्षबित्दा पनि प्रहरीले उक्त घट्नामा संलग्न व्यक्ति पक्राउ गर्न सकेको छैन ।
राणासंग फेला परेका ट्राफिक प्रहरीका पोशाक र सामग्रीका आधारमा प्रहरीले उनलाई नविल बैंकको रकम लुटपाट प्रकरणमा समेत जोडेर अनुसन्धान गरिररहेको छ ।


उनीमाथि हातहतियार तथा खरखजाना, हतियारको अबैध व्यापार गरेको, किर्ते कागजात,जालसाजी गरेको, ठगी गरेको, दुई वटा नागरिकता बनाएको लगायतका आधा दर्जन भन्दा बढि मुद्दा चलाउने तयारीमा प्रहरी जुटेको छ ।
त्यसबाहेक सम्पत्ती शुद्धिकरणको मुद्दा पनि उनीमाथि चल्ने भएको छ ।
प्रहरीले उनी संलग्न सबै अपराधका विषयमा खोजी गरिरहेको छ । सबै कुरा पत्ता लागेपछि उनीमाथि कति मुद्दा चलाउने तय गर्ने प्रहरीले जनाएको छ ।
उनीसंग सम्बन्ध भएका बिभिन्न पेशाका व्यक्ति र नेताले उनलाई जोगाउने प्रयास शुरु गरेका छन् । मटियारीमा रहेको घर उनको नाममा नभएको समेत बताउन थालेका छन् ।
यद्दपि उनी कसैको प्रभाव र दवावमा उन्मुक्ति पाउने अवस्था नरहेको प्रहरी बताउछ । उनीमाथि दर्जनौ मुद्दा दायरा हुने संभावना छ ।

सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.