२३ भदौ, २०७६
आजका पत्रपत्रिकामा चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा आएको विषयलाई सबैजसो पत्रिकाले प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले चीनसँगका सम्झौता जहाँको तहीँ शिर्षकमा प्रमुख समाचार लेखेको छ । समाचार अनुसार कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवतजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रुप लिन सकेका छैनन् ।
दुवैतर्फका पूर्वाधार विकास तथा कार्यप्रणाली फितलो हुदाँ नेपाल–चीनका सम्झौता परिणाममुखी बन्न नसकेका हुन् । शुन्य दरमा नेपाली उत्पादन चिनियाँ बजारमा प्रवेश, बहुचर्चित केरुङ–काठमाडौ रेलमार्ग, चीनको सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग, उद्योग स्थापना, जलविद्युत् तथा प्रशारण लाइन निर्माण लगायतको विषयमा सम्झौता–समझदारीमा सीमित हुन पगेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा डेंगुको डर अस्पतालमा थामिनसक्नु भीड शिर्षकमा प्रमुख समाचार लेखेको छ । त्यस्तै नयाँ पत्रिका दैनिकले के गर्दैछन् विप्लव नेकपा शिर्षकमा प्रमुख समाचार लेखेको छ ।
