अछामको चौरपाटी गाउँपालिका साक्षर पालिका घोषणा भएको छ । जिल्लाका १० स्थानीय तह मध्ये चौरपाटी पहिलो साक्षर पालिका भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले एक कार्यक्रमका विच साक्षर गाउँपालिका घोषणा गरेका हुन्
उनले अभियानलाई निरन्तरता दिदै कार्यन्वन दिनु पर्ने जोड छ ।
कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मनाकुमारी साँउद मीनाले गाउँपालिका साक्षर घोषणा गरेर मात्र नहुने भन्दै अभियानलाई निरन्तरता दिनु पर्ने बताइन् । उनले साक्षर घोषणा सँगै रुढिवादि परम्पराको अन्त्य गर्नु पर्ने बताइन् । उनले गाउँपालिका रहृको छाउपडि कुप्रर्था, वाल विवाह न्यूनीकरण गर्नु पर्नेमा जोड दिइन् । चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर, मंगलसेन नगर प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ लगायतले विचार व्यक्त गरेका हुन् । कार्यक्रममा गाउँपालिका स्थित विभिन्न विद्यालयका विद्यार्थीले विभिन्न साँस्कृति झाँकि प्रस्तुत गरिएका थिए । प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद जैशी ढुंगानाले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक धनबहादुर थापाले गरेका हुन् ।
गाउँपालिकाका १५ बर्ष देखि ६० बर्ष मूनिका ९६ प्रतिशत जनता साक्षर भएसँगै गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको १५ बर्ष देखि ६० बर्ष मूनिका ११ हजार ६ सय ७० निरक्षर रहेको जनसंख्या मध्ये ६ हजार १ सस १६ महिला र ५ हजार ५ सय ५४ पुरुष गरी ११ हजार २ सय २६ साक्षर रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा अब बाँकी १५ बर्ष देखि ६० बर्ष मूनिका ४ सय ४४ जना मात्र निरीक्षर रहेको गाउँपालिकाको तथ्याङ्कमा जनाएको छ । वडा नं। १ सिउडीमा १५ बर्ष देखि ६० बर्ष मूनिका १ हजार ७ सय ९२ जनसंख्या मध्ये १ हजार ६ सय ९६ साक्षर र ९६ जना मात्र निरिक्षर रहेको तथा ९५ प्रतिशत साक्षर रहेको तथ्याङ्क उल्लेख गरिएको छ । यस्तै वडा नं। २ हजार ५ सय ७० मध्ये २ हजार ४ सय ६६ साक्षर तथा १ यस ४ निरीक्षर गरी ९६ प्रतिशत साक्षर रहेको छ । यस्तै वडा नं। ३ सोकटमा १ हजार २ सय ५० जनसंख्या मध्ये १ हजार १ सय २ साक्षर तथा ६ जनसंख्या निरीक्षर, वडा नं। ४ पायलमा २ हजार ३ सय ९८ मध्ये २ हजार ३ सय ५९ साक्षर तथा २३ जना मात्र निरीक्षर रहेको तथ्याङ्क रहेको छ ।
यस्तै वडा नं। ५ लुंग्रामा १ हजार ४ सय ९६ मध्ये १ हजार ४ सय ३१ साक्षर संख्या तथा ६५ जना मात्र निरीक्षर, वडा नं। ६ दुनीमा १ हजार २ सय ५० मध्ये १ हजार २ सय २२ साक्षर तथा २८ जना मात्र निरीक्षर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै वडा नं। ७ मार्कुमा भने ९ सय १४ जनसंख्या मध्ये ८ सय ७० साक्षर तथा ४४ जना निरीक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । अछामलाई २०७६ भाद्र मसान्त सम्म साक्षर जिल्ला घोषणाको तयारी छ । साक्षरता पालिका घोषणाको लागि मोवाईल तथा घडि हेरी समय बताउन सक्ने, ० देखि ९ सम्मको अंक बताउन सक्ने, बैँक भौचर भर्न सक्ने, ट्राफिक चिन्ह चिन्न सक्ने लगायतका चिन्न वा भन्न सक्ने भए वडा वा पालिका साक्षर घोषणा गर्न सकिने नेपाल सरकारको अवधारणा रहेको छ ।
