धनगढी, २२ भदौ : सिभिल बैंक लिमिटेड धनगढी शाखाले एन्युटि डिपोजिट निक्षेप योजना सार्वजनिक गरेको छ । बचत र मुद्दती खातालाई समायोजन गरी एन्युटि निक्षेप योजना ल्याएको हो ।
‘यो योजना भनेको भविष्यमा आफुलाई चाहिने रकमको व्यवस्थापन गर्न बचत कर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ’ सिभिल बैंक धनगढी शाखाका प्रमुख दिपक जोशीले भने । ‘इच्छयाईएको रकम सो अवधि पश्चात एकमुष्ठ प्राप्त गर्नेछन् ।’
आईतबार धनगढीमा पत्रकार सम्मेलन गरी बैंकले यस प्रकारको योजना नेपालमै पहिलो भएको दावी गरेको छ । एन्युटि डिपोजिट अन्र्तगत खोलिएका खाताको ब्याजदर स्थिर रहने बैंकले जानकारी दिएको छ । न्यूनतम मौज्दात एक हजार मा व्यक्तिगत र संस्थागत दुबैले सञ्चालन गर्न मिल्ने योजना हो ।
एक बर्ष देखि ७ बर्ष सम्मको अवधिमा बचत गर्न पाईने छ । यस योजना अन्र्तगत ग्राहकले जति पनि खाता खोल्न पाउने छन् । एन्युटि खातामा जम्मा भएको रकममा ६० प्रतिशत ऋण समेत निकाल्न मिल्ने छ । सिभिल बैंकका सुदूरपश्चिममा कैलाली, अछाम र डोटी गरी ६ वटा शाखा रहेका छन् ।
यस्तो छ सिभिल बैंकको नयाँ स्कीम ‘एन्युटि डिपोजिट निक्षेप’

