धनगढी
कैलालीको धनगढीवाट संचालित फुलवारी खबर डटकमलाई सम्मानित गरिएको छ । बैतडी समाज कैलालीले आफ्नो दोस्रो साधारण सभामा फुलवारी खबर डटकमलाई सम्मान गरेको हो ।
सुदूर पश्चिमको बैतडी जिल्लामा स्वास्थ्य शिबिर संचालन गर्नमा मिडियाको क्षेत्रवाट महत्वपुर्ण योगदान गरेको भन्दै पूmलवारी खबर डटकमलाइ सम्मान पत्र सहित सम्मान गरिएको हो । फुलवारी खबर डटकमका संचालक तथा सम्पादक कृतबहादुर बिष्टले सम्मान पत्र ग्रहण गरेका थिए ।यस्तै कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुगाउने अन्य संघ संस्थालाई समेत सम्मान गरीएको थियो
समाजका अध्यक्ष मायाप्रकास भट्टको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथी प्रदेशकी उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट रहेकी थिईन् भने धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्ट बिशिष्ट अतिथी रहेकी थिईन् ।