• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा मिटर ब्याजले अपराध फस्टायो, करोडौँ रकम सहित फरार हुने बढे

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मिटर ब्याज र ढुकुटी खेलाउने समूहहरुको सञ्जाल फैलिँदै गएपछि अपराधले पनि प्रसय पाएको छ। मिटर व्याज र ढुकुटी खेलेर एकै पटक धेरै पैसा आउने लोभका कारण धेरैको टाट पल्टिएको छ भने अपराध पनि फस्टाएको छ।

रातारात मालामाल हुने सपना देखाउँदै धनगढीमा मिटर ब्याजको अवैध धन्दा झन झन सांगठनिक रुपमा फस्टाउँदै गएको हो। ‘मिटर ब्याज र ढुकुटीले कतिपयको पैसा मात्रै स्वाहा भएको छैन, इज्जत र प्रतिष्ठा पनि धमिल्याइदिएको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठले भने, ‘मिटर ब्याजका कारोवारीलाई राजनीतिक दलका नेताहरुले नै संरक्षण गर्न थालेपछि अवैध धन्दा फस्टाएको हो।’

उनका अनुसार मिटर ब्याजलाई रोक्न नेताहरुले कारोवारीलाई जोगाउन खेल बन्द गर्नुपर्छ। मिटर ब्याजकै अवैध धन्दाका कारण कैलाली जिल्ला अदालतमा मात्रै चेक अनादरका मुद्धा बढ्दै गएका छन्। आर्थिक बर्ष २०७४र०७५ मा एक सय पाँच चेक अनादरका मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता भएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर दुई सय ५३ पुगेका छन्।

‘चेक अनादरको मुद्धा बढ्नुले मिटर ब्याज र ढुकुटीको अवैध धन्दा मौलाएको स्पष्ट हुन्छ,’ अधिवक्ता गंगाराम पाध्यायले भने, ‘अदालतले कानुनी रुपमै मिटर ब्याज भन्न सक्दैन तर चेक अनादर बढ्नुले धनगढीमा मिटर ब्यान र ढुकुटी जस्ता अवैध धन्दा मौलाएको पुष्टि हुन्छ।’

कैलालीका एक जना प्रहरी अधिकारीका अनुसार धनगढीमा मिटर व्याज र ढुकुटीमा उच्च र बौद्धिक वर्गको संलग्नता देखिएको छ। कैलालीमा सम्पन्न र सौखिन महिलाहरु बढी मात्रामा मिटर व्याज र ढुकुटीको चक्करमा फसेका छन्। ‘मिटर ब्याजको धन्दामा रहेकाहरुले, बाउन्सर राखेका छन्,’ श्रोतले भन्यो, ‘चर्को ब्याजमा रकम लिनेले दिन्न भनेपछि, धम्क्याउदै असुली गर्ने परिपाटी नै बनिसकेको छ, यस्ले अपराध पन बढाएको छ।’

मिटर ब्यजका कारोवारीहरु धेरैलाई फसाएर करौडौं रकम सहित फरार हुनेको सङख्या समेत बढ्दै गएको छ। सुरुमा धनगढीको चौराहमा रहेको कन्काई फेन्सी पसलका सञ्चालक, त्यसपछि धनगढीका व्यवसायी दिपक खड्का, धनगढीको एलएनचोकमा रहेको सिद्धार्थ सुनचाँदी पसलका सञ्चालक खगेन्द्र सुनार, कामना स्टोरका सञ्चालक लगायत दर्जनौँ व्यापारीहरु मिटर ब्याजको अवैध धन्दा सञ्चालन गर्दै आएका थिए र अहिले उनीहरु सबै सम्पर्क बिहिन छन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने मिटर ब्याजका विषयमा कुनै गुनासो समेत नआएको बताउँदै आएको छ। ‘आपसी लेनदेन भएका कारण प्रहरी प्रशासनले केही पनि गर्न नसक्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘म आएपछि पीडितहरु जिल्ला प्रहरी कार्यालयमा आएको जानकारी छैन्।’

तर स्थानीयले भने प्रहरी र स्थानीय प्रशासनको मौनताका कारण फैलिदै गईरहेको मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडौको सम्पत्ति जोड्न सक्षम भएका छन् भने केहीको उठिबास भएको छ।

आइतबार, भदौ २२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.