कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा जंगली हात्तीले आतंक मचाएको छ ।
शुक्रवार राती जंगलबाट बस्ती पसेको हात्तीको बथानले बेदकोट नगरपालिका–२ चाँदनीफाँटाका स्थानीयको धानबाली नष्ट गरेको छ । हात्तीको बथानले स्थानीयकोे घरमा समेत क्षति पु¥याएको बेदकोट नगरपालिका–२ का बडाध्यक्ष नरेश सिंहले बताए ।
चाँदनीफाँटाका स्थानीय सरस्वती साउँद, खडक महता, बिर्खलाल पन्त लगायतले धानबाली हात्तीले खाएर नष्ट गरेको छ । स्थानीयले लगाएको धानबाली नष्ट गरेपछि कृषकहरु चिन्तित भएका छन् ।
उनिहरुले उचित क्षतिपुर्तिको माग समेत गरेका छन् । हात्तीले क्षति पु¥याएका स्थानीयहरुलाई क्षतिपुर्ति उपलब्ध गराउनका लागि वडा कार्यालयबाट गर्न सकिने सहयोग गर्न आफु तयार रहेको वडाध्यक्ष नरेश सिंहले बताए ।
यस्तै क्षतिपुर्तिका लागि प्रदेश तथा केन्द्र सरकारसंग पहल गरिने उनले बताए ।
