• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भूकम्प गएकाे चार वर्ष भयाे पीडित अझै छिमेकीको पिँढीमा शरण लिन वाध्य

काठमाडौं, २० भदौ । पालुङटार–६ की शोभा गुरुङ हरेक दिन सूर्य नअस्ताउँदै रातको खाना खानुहुन्छ र दुई नातिनी लिएर छिमेकीको पिँढीमा पुग्नुहुन्छ । बिहान भालेको डाँकसँगै आफ्नो घर भएको स्थान फर्कनुहुन्छ ।

चार वर्षअघि २०७२ सालको भूकम्प गएदेखि नै उहाँको दिनचर्या यस्तै भएको छ । पीडामा पनि हाँसो मिसाउँदै उहाँ भन्नुहुन्छ, “के गर्नु बास छैन, त्यसैले साँझ नपर्दै दुई नातिनी च्यापेर रोधीघर हिँडेजस्तो हिँड्नुपर्छ, अर्काको छिडीँ खोज्दै ।”

उहाँको घर भन्नु नै चारवटा खाबोमाथि हालेको जस्तापाताको ओत मात्र हो । जहाँ एउटा अगेना र वरपर आधा वट्टा ढिके नुन, केही बेसार र पिठो राख्ने सानो भाडो, केही थाल, कचौरा र एउटा गाग्री देखिन्छ । सँगैको छाप्रामा दुईवटा गाई बाँधिएका छन् । उहाँको एक छोरा अझै त्यही नजिकको पालमुनि नै बस्दै आउनुभएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उहाँँको घर बनिसकेको छैन ।

भर्खरै भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजनाले उहाँका लागि ढुङ्गामाटोको दुईकोठे घर बनिरहेकाले उहाँमा थोरै आशा पलाएको छ । परियोजनाले उहाँका लागि ढुङ्गामाटोको गाह्रोलाई तारजालीले बाँधेर भूकम्प प्रतिरोधी घर निर्माण गर्दै छ । परियोजनाअन्तर्गतका सामुदायिक परिचालक दयाराम लामिछाने, आवास निर्माण साथी नरबहादुर अम्गाई दिनरात खटिनुभएको छ ।
शोभामाया गुरुङ भन्नुहुन्छ, “अबको दशैँ चाहीँ आफ्नै पिँढीमा मनाउन पाइएला कि भन्ने आशा छ । ”

पालुङटारकै–७ का रामबहादुर माझीले पनि नेपाल–भारत सहयोगअन्तर्गतको परियोजनाको सहयोगमा बनेको दुईकोठे घर पाएर निकै दङ्ग हुनुहुन्छ । गुरुङलेझैँ फिनाम–४ का हरि मग्रातीले पनि अझै घर बनाउन सक्नुभएको छैन । घर बनाउने आफैँले तालिम लिए पनि कहिले असार लागेर त कहिले कोदो रोप्नु परेर ढिलो भएको उहाँको भनाइ छ । “तालिम लिएपछि आफँै घर बनाएको हुँ”, उहाँ भन्नुहुन्छ । अहिले परियोजनाले डकर्मी तालिम दिँदै उहाँको घर पूरा गरिदिन सहयोग गर्दै आएको छ । मग्राती आशा व्यक्त गर्नुहुन्छ, ‘‘अब छिटै छानो हाल्न सकिएला कि । ’’

भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास निर्माण परियोजनाले अहिले उहाँहरूजस्तै जोखिममा परेका वर्गको घर निर्माणलाई अन्तिम रूप दिन लागि परेको छ । साठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, १६ वर्षमुनिका बालबालिका, दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरू र एकल महिलालाई जोखिममा परेको वर्गभित्र पारिएको छ ।

परियोजनाले अहिले गोरखामा कुल २६ हजार ९१२ घर निर्माणको जिम्मा लिएको छ । त्यसमध्ये हालसम्म २३ हजार ९२८ घर निर्माण सम्पन्न भइसकेको र एक हजार ४०० घर निर्माण भइरहेको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिनुभयो । परियोजनाका लागि सामाजिक प्राविधिक सहयोग यूएनडीपीले गर्दै आएको छ । गोरखाको आवास निर्माणको बाँकी कार्य सन् २०२० को अन्त्यसम्म सम्पन्न हुने सापकोटाले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.