बर्षाले अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग संचालनमा आएको छ । शनिबारदेखि अवरुद्ध भएको राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको हो । राजमार्गको कचाली खोला नजिकै र जाल्या बगरमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।
जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायको पहलमा राजमार्ग सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै लामो तथा छोटो दुरीका सवारीका साधनहरु समेत सञ्चालनमा आएका छन् ।