कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बिजुलिको पोलमा चढेर ईन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर भजनी नगरपालिका ४ कुडीका अन्दाजी ३० बर्षिय चन्द्रलाल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
चौधरी करेन्ट लागेर घाइते भएका थिए । घाईते चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।