सशस्त्र द्वन्द्वका बेला पीडित बनेका नागरिकले अझै न्याय पाएनन
सशस्त्र द्वन्द्वका बेला पीडित बनेका नागरिकले अझै न्याय पाएनन

सरकारले न्यायका लागी विभिन्न आयोगहरु गठन गरेपनि ती आयोगहरुले प्रभाबकारी काम नगर्दा द्धन्द पिडित परिवारले न्यायको आशा मरेको बताएका छन् । नागरिक आवासले कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका द्धन्द पडित महिलाका लागी धनगढीमा गरेको महिला शान्ति सम्वाद कार्यक्रममा बोल्ने अधिकांश महिलाहरुको दुखेसो एउटै छ ।
द्धन्द्ध भएको लामो समय वितेपछि अहिले पनि समाजमा आत्मसहानुतीका आधारमा बस्न नसेको गुनासो गरेका छन् । सरकारले द्धन्दपिडितको समस्या समस्या गर्दा अहिले पनि द्धन्दको घाउ मनमा ताजै रहेको कञ्चनपरकी द्धन्द पिडित शान्ति देवी विष्टको भनाई छ । उनले सरकारले द्धन्दपिडितको समाधान गनुपर्ने भनाई आफ्नो गित मार्फत राखेकि छिन् ।
नागरिक आवासले आयोजना गरेको महिला शान्ति सम्वाद कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, उप प्रमुख र प्रशासकिय अधिकृतहरुको सहभागीता थियो । स्थानीय तह गठन भएसंगै द्धन्दपिडीत परिवारका लागी त्यहाँका जनप्रतिनीधी तथा कर्मचारीले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । शुल्काफाँटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विसन सिंह थालाले द्धन्द पिडित परिवारको आर्थिक अवस्थामा सुधार ल्याउँन विभिन्न वडामा बजेट छु्टयाएको बताए ।
नागरिक समाज काठमाण्डौ कार्यक्रम संयोजक प्रसंसा कार्की द्धन्दपिडितका लागी सरकारले पुप्रै योजना ल्याएपनि कार्यान्वयन गर्न नसक्दा पिडित परिवार निरास भएको बताइन् । उनले सरकारले द्धन्दको अन्तेय भएको महशुस गरेपनि पिडितले अझै त्यसको अनुभुती गर्न नपाएको दावी गरिन् । महिला शान्ति सम्वाद कार्यक्रममा द्धन्द्ध पिडित महिलाहरुको सहभागिता हरेको थियो ।