कैलाली
नेपालका सयौं मानिस भरपर्दौ उपचारका लागि भन्दै भारतका विभिन्न सहरमा रहेको अस्पतालमा गएर उपचार गर्दछन, तर कैलालीको गेटामा रहेको आँखा अस्पतालमा भने त्यसको ठीक उल्टो छ ।
गेटा आँखा अस्पतालमा उपचार गर्न पुर्जा लिन लाइनमा बसेका सेवाग्राही । जसमध्ये अधिकाशंक भारतिय नागरिक छन् । आँखाका उपचारका लागि गेटामा सञ्चालित आखाँ अस्पतालमा नेपालीभन्दा भारतिय विरामीले भरिभराउ हुने गरेको छ ।
गेटा आँखा अस्पतालमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड हुदै दिल्लबाट समेत आँखाको उपचारका लागि दिनहु आउने गरेका छन् । उनीहरुले नेपालीले पाउँने सुविधामै उपचार पाउने गरेका छन् ।
नेपालमा सञ्चालित आँखा अस्पतालहरुमा गुणस्तरीय र भारतमा भन्दा सस्तोमा उपचार हुने भएकाले हजारौ भारतिय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् ।मोतिया बिन्दु, आँखाको सल्यक्रिया लागाएतका बिरामीको भारतमा भन्दा नेपालमा राम्रो उपचारको हुने भएकोले उपचारका लागी नेपाल आएको भारतिय सेवाग्राहीहरु बताउछन् ।
भारतबार आँखा उपचारकै लागी गेटा आँखा अस्पताल पुगेका एक सेवाग्राहीले भने ‘यहाँ राम्रो उपचार हुन्छ त्यसैले आएको हु’ मोतियाबिन्दुका विरामीको उपचार नेपालमा मात्रै हुन्छ भनेर सुनेको थिए त्यसैले नेपाल आए ।

भारतको आँखा अस्पतालमा भन्दा यहाँको अस्पतालमा सस्तो र राम्रोे उपचार हुने भएकै कारण आँखा उपचार गर्न नेपाल आए अर्का सेवाग्राहीले बताए । गेटा आँखा अस्पतालमा झण्डै ५० प्रतिशत भारतिय विरामी आउने गरेको अस्पतालका सञ्चालकहरु बताउँछन् ।
भारतमा आँखाका बिरामीहरु उपचारका लागी अस्पताल नहुनु र भारतिय अस्पताल भन्दा गुणस्तरीय सेवा नेपालमा पाईने भएकोले भारतिय बिरामी आँखा उपचारको लागी नेपाल आउने गरेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापन रमेश चन्द्र भट्टले बताए ।
आँखाको उपचार राम्रो सेवा नेपालमा भएका कारण भारतिय बिरामी यसरी आर्क्षित भएका छन् । गेटा आँखा अस्पतालले आर्थिक बर्ष २०७५÷०७६ मा मात्रै झण्डै दुई लाख ५० हजार नौ सय ८७ जना आखाँ बिरामीको उपचार गरेको तथ्याङक रहेको छ ।