धनगढीका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा अनाथ वालवालिकालाई सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ निवासी नेवि संघका नेता मनिष कुँवरले आफ्नो जन्मदिनको अवसरमा आमाको माया छात्रावासका अनाथ वालवालिकालाई विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन ।
कुँवरले आफ्नो २६ औं जन्मदिको अवसरमा आमाको माया छात्रावासमा रहेका ३३ जना अनाथ वालवालिकालाई खाद्यान्न सामाग्री, अध्ययन सामाग्री खेलकुदका गरी २५ हजार वरावरको सहयोग गरेका हुन ्। सहयोग कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका सदस्य डिल्लीराज पन्तको पनि सहभागीता रहेको थियो ।

जन्मदिनको अवसरमा केही सामाजिक काम गरौ भन्ने सोचले सहयोग गरेको कुँवरले बताए । उनले आगामी दिनमा पनि घर परिवारका सदस्यहरुको जन्मदिनमा सहयोग गर्ने जानकारी दिए ।
