धनगढीमा सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा नेपाल आईस धनगढी फुटसल लिग हुने भएको हो । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै झण्डै ८० हजार नगद धनराशी रहेको प्रतियोगिताको बारेमा जानकारी दिईएको छ ।
सुदुरपश्चिम प्रदेशवासीहरुको महान पर्व गौराको अवसरदेखि धनगढी फुटसल लिगको अवधारणा अनुसार पहिलो श्रृंखला अन्तर्गत वैक तथा वित्तिय संस्थाहरुको टीम बीच धनगढी फुटसल लिग हुन लागेको आयोजक फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनका अध्यक्ष आशिष शाहले जानकारी दिए । धनगढीलाई खेलकुदको शहरको रुपमा अघि सार्ने अवधारणा भईरहँदा यस क्षेत्रमा भित्रिएको नयाँ खेल फुटसलको माध्यमले हामी पनि अग्रसर भईरहेका छौं । पछिल्लो एक बर्षदेखि फुटसल खेलको विकास विस्तार र प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरु पनि गर्दै आएका छौं, अध्यक्ष शाले भने– एक बर्षको अवधिमा हामीले विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, राजनिति, वडा वडा लगायतका धेरै फुटसलका गतिविधिहरु तथा प्रतियोगिताहरु आयोजना गर्दै आएकोमा अव धनगढी फुटसल लिगको तयारीमा लागिरहेका छौं ।
धनगढी स्थित वैंक तथा वित्तिय संस्थाहरुको टीमले सहभागीता जनाउने धनगढी फुटसल लिग गौरा पर्वको दिन भदौ ६ गतेदेखि सुरु हुने छ । सार्वजनिक विदाका दिनहरुमा खेलाईने यो लिगको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ । उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ । त्यसैगरी विभिन्न विधाका उत्कृष्टहरुले पनि नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । वैंकर्स क्लब धनगढीको समन्वयमा हुने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । प्रतियोगितालाई सिजी बु्रधरी नेपालको उत्पादन नेपाल आईसले मुख्य प्रायोजना गरेको छ ।
पत्रकार सम्मेलनमा वोल्दै वैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले यो प्रतियोगिताले वै.क तथा वित्तिय संस्थाहरुको वीच सम्बन्ध बन्नुका साथै मनोरञ्जन समेत प्राप्त हुने बताए । उनले यो लिगलाई निरन्तरता दिन पनि आयोजकलाई आग्रह गरे ।