• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानमन्त्री ज्यू, एक पटकको लडाइँले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिँदैन: मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहोर्याइरहनु आवश्यक नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनपछि आफ्नो धारणा राख्दै नेता रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको नभइ लोकतन्त्रका लागि लडेकाहरु सरकारमा पुगेका होलान भन्दै यसप्रति हेक्का राख्न आग्रह गर्नुभयो ।

‘सरकार लोकतन्त्रका लागि लडेको होइन, लोकतन्त्रका लागि लडेका मानिसले बनाएको सरकार होला । प्रधानमन्त्री ज्यू हेक्का रहोस ।’

उहाँले एक पटकको लडाइँले जीवनभर जे पनि गर्नलाई लाइसेन्स नदिने पनि स्पष्ट पार्नुभयो । हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा र वाम आन्दोलनका लागि लडेकाहरुले पनि घुँडा टेकेको आफूहरुले देखेको भन्दै उहाँले एक पटकको लडाइँले जीवनभरका लागि लाइसेन्स नदिने बताउनुभयो ।

‘एक पटकको लडाइले जीवनभर जे पनि गर्नलाई लाइसेन्स दिँदैन’, उहाँले भन्नुभयो, ‘हिजो प्रजातन्त्रका लागि लड्नेहरु पन्चायतमा गए । वाम आन्दोलनका लागि लडेकाहरुले घुडा टेके । त्यसैले एउटा लडाइले सदैब त्यो अधिकार दिँदैन ।’

नेता रिजालले अर्को चुनावपछि आफूलाई पनि सरकारमा बस्न मन नलागेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति व्यग्य गर्दै अर्को चुनावमा कांग्रेसबाहेक अरुको सरकार नबन्ने पनि बताउनुभयो ।

‘एउटा कुरा खुशी लाग्यो, प्रधानमन्त्रीले भन्नु भयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । यस्तो काम देखेपछि अर्को पल्ट त कांग्रेसबाहेक अरु कसको सरकार बन्छ ?’

प्रधानमन्त्रीले यो कार्यकालसम्म सरकारमा आफै बस्ने भन्ने भनाइले सत्ता भित्रै तरंग गयो कि भन्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो ।
पार्टी एकीकरणका बेला केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको कार्यकाल आधा आधाको सहमति भएको कुरा तर्फ इंकित गर्दै नेता रिजालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सत्ताभित्र तरंग गयो कि भन्ने आशंका व्यक्त गर्नुभयो ।

‘यसपल्टसम्म त यही सरकार हो भन्दा तरंग चैँ सत्तामा गयो गएन मलाई थाहा छैन । सुभकामना छ सत्ताभित्र कोही तरंगित नभाहोस् ।’
नेता रिजालले प्रधानमन्त्रीले अहिले मन्त्रीहरुसँग कार्यसम्पादन करार गरिरहेको प्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले चुनावका बेला जनतासँग गरेको कार्यसम्पादन करार किन पूरा भएन भनेर प्रश्न सोध्नुभयो ।

‘कार्यसम्पादन करारकका बारेमा औँला उठाएर प्रधानमन्त्रीले मन्त्री फेर्नुहोला’, उहाँले भन्नुभयो, ‘तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ? हिजो जनताले चुनावमा गरेको कार्यसम्पादन करार पुरा भएन प्रधानमन्त्री ज्यू ।’

सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.