पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल आगामी सोमबारबाट नेपालमा सुरु हुँदैछ । प्रतियोगिताका लागि सहभागि हुने टोली नेपाल आउने क्रम सुरु भएको छ ।
अफगानस्तान ४ दिनअघि काठमाडौं आइपुग्दा आज बिहान माल्दिभ्स बिहान आइपुगेको छ । यस्तै बंगलादेश, किर्गिस्तान, तुर्किमिनिस्तान काठमाडौ आइपुगेको नेपाल भलिबल संघले जानकारी दिएको छ । उज्वेकिस्तान भने भोलि विहान साढे ९ बजे काठमाडौं आइपुग्नेछ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । एसियन भलिबल संघको संयोजनमा नेपालले पहिलो पटक ठूलो अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।