एजेन्सी । इङ्ल्यान्डको टेलिभिजन च्यानल आइटीभीले ला लिगाको तीन खेल देखाउने घोषणा गरेको छ । २०१९–२०२० को सिजनको ला लिगा खेल आज रातिबाट सुरू हुँदैछ । ला लिगाको पहिलो खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओ भिड्दैछन् ।
इलाभेन स्पोर्ट्सको सम्झौता सकिएपछि गएको सिजनमा आइटीभीले अन्तिममा पाँच खेल लाइभ देखाएको थियो । आइटीभीले प्रत्येक सातामा ला लिगाको हाइलाइट आइटीभी र आइटीभी फोरबाट प्रशारण गर्ने बताएको छ ।