पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा बिहीबार राति न्यूज २४ टेलिभिजक कार्यालयबाटै पत्रकार रवि लामिछाने र युवराज कंडेललाई नियन्त्रणमा दिइएको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लामिछाने, कंडेल र अस्मिता कार्कीलाई शुक्रबार बिहान १ः३० बजे कडा सुरक्षाकासाथ जिल्ला प्रहरी कार्यालय पुर्याइएको थियो ।
चितवन प्रहरी हिरासतमा राखिएको लामिछानेलाई उनकी श्रीमती निकिता र अधिवक्ता सुनिल पोखरेलले भेट गरेका छन् ।
शुक्रबार बिहान ११ बजे लामिछानेसहित कंडेल र अस्मिता कार्कीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरी कारबाही अगाडी बढाइरहेको बेला जिल्ला प्रहरी कार्यालय बाहिर सर्वसाधारणले नाराबाजी गरी गरिरहेका छन् । उनीहरुले रविलाई बिना सर्त रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले रवि कसको जनताको भन्दै नाराबाजी गरिरहेका छन् ।