एजेन्सी । ओल्ड ट्राफोर्डमा इतिहासदेखि नै अचम्मित र सम्झन लायक गोलहरु देखिने गर्छन् । तर युवा खेलाडीले चेल्सीविरुद्ध गरेको एउटा गोल भने निकै नै उत्कृष्ट थियो । ती युवा खेलाडी थिए, ड्यानियल जेम्स । ड्यानियल जेम्सले डेब्यू खेलमा नै आफ्नो उत्कृष्ट प्रदर्शन गरे ।
उनले गोल त गरे तर कसरी खुशीलाई सेलिब्रेट गर्ने उनलाई थाहा थिएन । उनी आफैं खुशीमा बगिरहे । त्यो पनि सपनाको थिएटर ओल्ड ट्राफोल्डमा । जहाँ हरेक खेलाडीले आफ्नो प्रतिभा देखाउन चाहन्छ । प्यासनसँग खेलिरहेका खेलाडीहरुको खेल निकै नै सुन्दर थियो । आफ्नो सपनाको लागि टिमसँगै खेलिरहेको दृश्य साँच्चिकै लोभलाग्दो थियो । म्यानचेस्टर युनाइटेडको आजसम्मकै युवा टिमले आफूलाई परिपक्व सावित गरे । संसारभरका युनाइटेडका समर्थकहरुको आँखा रसाए ।
विशेषगरी युवा जेम्सको लागि उक्त क्षण निकै नै भावुक भयो । समरमा स्वानसीबाट युनाइटेडमा आउनुभन्दा पहिला जेम्सले आफ्ना पिता गुमाएका थिए । उनले गरेको गोल बुवालाई समर्पित गरेझैं आकाशतर्फ हेर्दे खुशी मनाए ।
“उनीहरुले गर्व महसुस गरेका छन्, मलाई थाहा छैन उनीहरु भिडमा कहाँ छन् मैले उनीहरुलाई खोज्ने प्रयास गरेँ तर भेट्टाउन सकिन । मेरो लागि र परिवारको लागि कति खुशीको कुरा हो यो तपाईंले लेख्न सक्नुहुन्न । यहाँ खेल्न पाउनु निकै नै सम्मानको कुरा हो,” जेम्सले उटड्रेइपोर्टसँगको कुराकानीमा भने ।
वेल्सका प्रशिक्षक र युनाइटेडका लिजेन्ड रायन जिग्सले भने, “जेम्स तेज भाग्ने खेलाडी हुन् । समर्थकहरु उनलाई देखेर निकै नै खुशी छन् ।”
युनाइटेडका प्रशिक्षक सोल्सायर र युनाइटेडले जेम्सबाट निकै नै आशा गरेका छन् । जेम्स पनि आफ्नो पखेंटा फैलाउँदै छन् । युनाइटेडले धेरै वर्षदेखि आफ्नो पोजिसन गुमाएको थियो । अब भने उत्कृष्ट दौडिने जेम्सले छुट्टै रेकर्ड राख्न सक्लान् ।
उनले बलियो डिफेन्सलाई पनि सामना गर्न सक्नेछन्, जुन कुरा हामीले प्रि–सिजनमा इन्टर मिलानविरुद्धको खेलमा देखेका थियौँ । उनले यो सिजनमा अझै गोल थप्नेछन् । गएको सिजनमा सिजनको च्याम्पियन लिगमा जम्मा ५ गोल गरेका थिए । निःसन्देह उनी अहिलेको सिजनमा युनाइटेडमा हेर्न लायक खेलाडीहरुमध्ये एक हुन् । जेम्स पनि युनाइटेडका एन्थोनी मार्सियल र मार्कोस रासफोर्डजस्तै मिलेर अगाडि बढ्न सक्छन् ।