• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वर्षा नहुँदा किसानलाई लगानी डुब्ने चिन्ता

पर्याप्त मात्रामा वर्षा नहुँदा कैलालीको किसानलाई धान खेतीमा गरिएको लगानी डुब्ने चिन्ता बढेको छ ।   धानलाई आवश्यक परेको बेला पर्याप्त वर्षा नभएमा उत्पादन प्रभावित हुने भन्दै किसान चिन्तित् भएका हुन । यसवर्ष ढिलो गरी मनसुन सुरु भएपछि किसानले ढिलै गरेर रोपाइँ गरेका थिए । तर, रोपाइँपछि पनि धान खेतीलाई पुग्ने गरी वर्षा भएको छैन । साउन महिनामा पर्याप्त मात्रामा पानी परेको छैन । रोपाइँको बेला सुख्खाले गर्दा यसवर्ष धान खेतीमा किसानको लगानी बढेको थियो ।

‘साढे तीन बिघा जमिनमा खेती गर्दा अहिलेसम्म ७२ हजार रुपियाँ लगानी पुगिसक्यो’, कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले भने–‘यो वर्षको लगानी जुवा खेले जस्तो हुने हो कि भन्ने चिन्ता छ ।’ धानलाई यो बेला पानी आवश्यक छ । तर, आवश्यक परेको बेला जमिन पर्याप्त पानी परेको छैन । पानी नपर्दा धानको बृद्धि हुन नसकेको कृषक चौधरीले बताए ।  ‘अहिले पानी परेन भने उत्पादन राम्रो हुँदैन’, उनले अगाडि थपे–‘उत्पादनै भएन भने एकै सिजनमा गरिएको यति धेरै लगानी कसरी फिर्ता आउँछ र ?’

खेतको आली भर्ने गरी पानी नपर्दा धानभन्दा पनि झारपात बढी उम्रेको र त्यसमा किटनाशक औषधि छड्दा लगानी थपिदैं गएको किसानको भनाइ छ । यसैगरी, पानी नपर्दा कतिपय ठाउँमा धान नै सुक्न थालेको छ । खेतमा दरार परिसकेको छ । डेढ बिघा जमिनमा वर्षभरिलाई खान पुग्ने गरी धान खेती गरे पनि पानी नपर्दा धान सुकेर मर्न लागेको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका कृषक चन्द्र नगरकोटीले बताए ।

‘यदि, पानी परेन भने धान उत्पादन हुँदैन’, चिन्तित् मुद्रामा उनले भने–‘रोपाइँको बेला मल अभाव खेप्नु प¥यो । धान रोपिसकेपछि अहिले पानीको अभाव छ ।’ वर्षा नभइ उत्पादन घटेमा भोकमरी समस्या बढ्ने किसान बताउँछन् ।     कृषि प्राविधिकहरुका अनुसार रोपाइँ भएको धानको लागि अहिले ‘वाटर लभिङ’ को बेला हो । यो बेला धान बृद्धिका लागि पानी पर्न अति आवश्यक हुन्छ । यदि, वाटर लभिङको बेला पर्याप्त वर्षा भएन भने सिचाइँ सुविधा नभएको क्षेत्रमा धान उत्पादन घटन सक्छ । यो बेला अकाशे पानी नपरे रोपि सकेको धान खेतीमा अत्यन्त नराम्रो असर पर्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले बताए ।

‘अहिलेसम्म पर्याप्त वर्षा भएको छैन’, उनले अगाडि थपे–‘यदि, साउन महिनाभरि पानी परेन भने धान उत्पादन धेरै हद्सम्म प्रभावित हुन्छ ।’ धान उत्पादन बृद्धिका लागि नहरको पानीभन्दा पनि अकाशे पानीको महत्वपूर्ण भूमिका रहने गरेको भट्टको भनाइ छ ।   यस वर्ष ढिलो गरी मनसुन सुरु भएका कारण कुल धान खेती योग्य जमिनको कैलालीमा ८५ प्रतिशत र कञ्चनपुरमा ९५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । ‘अब त रोपाइँ गर्ने बेला पनि गइसक्यो’, कृषि प्रसार अधिकृत भट्टले भने ।

कैलालीमा ७१ हजार पाँच सय र कञ्चनपुरमा ३४ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । पानी नपर्नु र सिँचाइ समस्याका कारण यो वर्ष कतिपय किसानले खेत बाँझै छोडेका छन् । अघिल्लो वर्ष रोपाइँ भएका खेतमा पनि कतिपय किसानले यो वर्ष रोपाइ गर्न सकेनन् । धनगढी उपमहानगरपालिकाभित्रै रोपाइँ नगरी बाँझो छोडिएको जमिन देख्न सकिन्छ ।

साउन महिनाभरि पर्याप्त मात्रामा पानी नपरेकाले किसानहरु उत्पादन घट्ने भन्दै निकै चिन्तित् भएको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । ‘पर्याप्त पानी नपर्दा खेतमा दरार परेको छ’, उनले थपे–‘यदि, राम्ररी वर्षा भएन भने, मलाई लाग्छ उत्पादन धेरै हद्सम्म घट्न सक्छ ।’ यसवर्ष किसानले मल अभावको समस्या थुप्रै झेले । अहिले पानी नपर्दा समस्यामा परेका छन् । कहिले मल अभाव, कहिले इन्धन अभाव त कहिले पानी नपर्ने समस्याले खेतीपातीको काम गर्न धेरै गाह्रो भइसकेको किसानको भनाइ छ ।पर्याप्त पानी नपर्दा धान मर्न थालेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको स्थानीय छविलाल चौधरीले बताए । ‘यो बेला पानी परेन भने भोकमरी बढ्न सक्छ’, उनले भने । पश्चिम टुडेबाट

बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.